भारतले हेपिरहे काठमाडौंको दूतावास नरहन सक्छ - Greater Nepal
भारतले हेपिरहे काठमाडौंको दूतावास नरहन सक्छ

भारतले हेपिरहे काठमाडौंको दूतावास नरहन सक्छ

Share This
२७ फागुन, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय सुरक्षाकर्मीले कञ्चनपुरका गोविन्द गौतमको हत्या गरेको बदलामा काठमाडौंस्थित दूतावासमा आक्रमण गर्ने धम्की दिएको छ ।

शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले चेतावनीको शैलीमा भने, ‘नेपालमाथि भारतले विभिन्न रुपमा हस्तक्षेप गर्दै आएको छ । हस्तक्षेप नरोकेमा लाजिम्पाटमा रहेको भारतीय दूतावास रहन नसक्ने अवस्था आउँछ ।’

नेपाली भूमीमा भारतीय एसएसवी हतियार लिएर घुम्ने, नेपाली वस्तीमा दिनदहाडै आक्रमण गर्ने, घरहरु भत्काउने, नेपालीहरुमाथि लुटपाट मच्चाउने जस्ता अत्यन्तै आपत्तीजनक गतिविधि गर्दासमेत नेपाल सरकार चुपचाप बसेको भन्दै उनले सरकारको धारणा माग गरे ।

नेपाली नागरिक गोविन्द गौतमको हत्यामा संलग्न एसएसवी र मुकदर्शक बन्ने नेपाल प्रहरीका अधिकारीहरुलाई कारवाही नगरिएमा त्यसविरुद्ध कडा आन्दोलनमा उत्रने प्रकाण्डले चेतावनी दिए ।नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर गोलीकाण्डको विरोधमा फागुन २८ गते शनिबार नेपाल बन्दको घोषणा समेत गरेको छ ।

स्रोत:- अनलाईन खबर

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages