सीमावर्ती क्षेत्रका नेपाली भन्छन्,‘हामीलाई सैन्य तालिम चाहियो’ - Greater Nepal
सीमावर्ती क्षेत्रका नेपाली भन्छन्,‘हामीलाई सैन्य तालिम चाहियो’

सीमावर्ती क्षेत्रका नेपाली भन्छन्,‘हामीलाई सैन्य तालिम चाहियो’

Share This
बर्दियाः भारतीय पक्षबाट हुने ज्यादती र बलमिच्याईँका कारण सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले पटक–पटक दुःख पाउँदै आएका छन्। अझ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालका सीमावर्ती क्षेत्रमा बस्दै आएका नेपालीहरु आजित भएका छन्।

सरकारले भारतसँगको सीमा विवाद मिलाउन नसक्दा सीमावर्ती क्षेत्रका नेपालीहरुले अनेकौं कष्ट भोग्न बाध्य छन्। भारतीय पक्षको ज्यादती खेप्दै आएका सीमाबर्ती क्षेत्रका नेपाली युवाहरुले सीमा रक्षाका लागि सैन्य तालिमको माग गरेका छन्।
तारबार रोक्न दबाब दिएर फर्कँदै गरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरु। तस्बिर सौजन्य: गान्दिप कायस्त
नेपाली सीमा सुरक्षा गर्न राष्ट्रियस्तरबाटै सर्तकता अपनाउनु जरुरी भएपनि सरकारले वेवास्ता गरेको राजापुर नगरपालिका निवासी स्थानीय युवा दिपेश थारुले वताए। उनले भने,‘बर्दियाका विवादित सीमा क्षेत्रको सीमांकनस्पष्ट नगरिए टनकपुर, सुस्ता, लिपुलेक लगायतका भू–भाग जस्तै गुम्न सक्ने खतरा रहेको छ।’ भारतीय विस्तारवादी प्रवृति अनुसार बर्दियाको हुलाकी मार्गसम्म नेपाली भूमि भारतीय पक्षले कव्जा गर्न सक्ने सम्भावना रहेकाले नेपाली भूमिको सुरक्षाका लागि १८ वर्षसम्मका नेपाली युवायुवतीलाई सैन्य तालिम दिनुपर्ने उनको माग छ।

बर्दियाको मधुवन नगरपालिका–५ स्थित सीमा पिलर नम्वर ७५ र ७६ को बीचमा पर्ने कल्भर्ड नजिक नेपाली भूमिमा भारतीय पक्षले वनाएको नाला पुरिएको घटना सेलाउन नपाउँदै बर्दियामै भारतीय पक्षले नेपालीहरुलाई पुनः अर्को दवाव दिएका छन्। राजापुर नगरपालिकास्थित भिम्मापुरको सत्तारफारम नजिक सीमास्तम्भ नम्वर ९७ र ९८ को बीचमा वन्यजन्तुको सुरक्षाका लागि नेपाली भूमिमा तारबार गर्ने कार्यमा अवरोध गरेका छन्।

बर्दिया निर्वाचन क्षेत्र नम्वर ४ का सांसद मानवहादुर थारुको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत जडान गर्न थालिएको तारबार भारतीय सीमा सुरक्षाबल (एसएसवी) का जवानहरुले अवरोध गरेको थारुले वताए। उनले,‘भने कोठियाघाटदेखि सत्तीघाटसम्म भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरले वर्षेनी गर्ने जिउधनको क्षति न्यूनिकरणका लागि हामीले ६० लाख मुल्य बराबरको तारवार गर्न थालेका थियौं। तर, भारतीय पक्षले अवरोध गर्यो।’

उनले पटक–पटक सम्वन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरिएकोमा दुःख व्यक्त गरे। उनले सरकारले चासो नदिए भारतीय पक्षले हुलाकी मार्गसम्मको भूमि कब्जा गर्न सक्ने बताए। राजापुर नगरपालिका निवासी अर्का स्थानीय लालबहादुर चौधरी भन्छन्,‘हामीले वन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका लागि गर्न थालेको तारबार रोक्न भारतीय सुरक्षाकर्मीको धेरै दवाव आयो।’ दशगजा क्षेत्रदेखि भित्र नेपाली भूमिमै काम गर्दा पनि उनीहरुले चौतर्फी दवाव दिएका हुन्।

स्रोत :- अन्नपूर्ण पोष्ट

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages