विशाल नेपाल (अंग्रेजी: Greater Nepal) - Greater Nepal
विशाल नेपाल (अंग्रेजी: Greater Nepal)

विशाल नेपाल (अंग्रेजी: Greater Nepal)

Share This


विशाल नेपाल (अंग्रेजी: Greater Nepal) भनेको वर्तमान नेपालको प्राचीन भौगोलिक स्वरूप हो। आजको नेपाल इतिहासको असमान सन्धि र त्यो सन्धिको क्रियान्वयन न हुन सकेको कारणको नतीजा हो। त्यहि इतिहासको विशाल भू-भागलाई सम्झेर नेपालीहरूले प्राचीन नेपालको भौगोलिक स्वरूपलाई विशाल नेपाल भन्ने गरेका छन्।यो शब्द नेपाली राष्ट्रवादीहरूले एङ्ग्लो-नेपाल युद्ध भन्दा अघिको नेपालको भूभागलाई जनाउन प्रयोग गर्ने शब्द हो। अंग्रेजसँग नेपालले गुमाएको भूमि लडेको युद्ध जसलाई एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ हुनुभन्दा अगाडी नेपालको भूभाग भित्र पर्ने पश्चिमको हालको उत्तराखण्ड, हिमाचल प्रदेश राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यहरूका सतलज नदी र त्यसको पारी सम्मका भूभाग कांगडा सम्म, पूर्व तर्फ सिक्किम, दार्जिलिङ, समेटने टिष्टा नदी सम्मका भूभाग जसको क्षेत्रफल ३,३४,२५० थियो लाई पनि मीठो ऐतिहसिक स्मरणका साथ विशाल नेपाल भनेर सम्झन चाहन्छन्। 

यो भूभाग नेपाल अङ्ग्रेज युद्धको समाप्ति भएको घोषणा गर्ने
सुगौली सन्धीसंगै नेपालले इस्ट इण्डिया कम्पनीको स्वामीत्वमा छोडी दिनु परेको थियो। नेपालको इतिहास :- प्राचीन खसकाल र किरांत कालमा नेपाल विशाल थियो र यस्को सिमाना पुर्वमा कामरु, कामक्ष, दक्षिणनमा कतूर र पश्चिममा कांगड़ा सम्म थियो। र यसका आधारहरू “स्कन्द पुराण”को ८१औं अध्यायमा स्पष्ट व्यख्या छ, ईसा पुर्व १००० वर्ष पहिलीको अथर्ववेदमा व्यख्या छ र कौटिल्यको अर्थशास्त्रमा पनि व्यख्या छ। २२०० वर्ष पुरानो सम्राट अशोकको लुम्बिनीमा स्थापित स्तम्भ “अशोक स्तम्भ” जहाँ हिंद-बुद्ध गाते नेपाल अथवा बुद्ध यस ठाँउमा जन्मेका थिए र यो नेपाल हो भनेर प्रष्ट गरेको छ। सम्राट समुंद्रगुप्तको इलाहाबाद स्थित शिलालेखमा नेपालको पुर्वी सिमाना कामरु, कामक्ष, दक्षिणी सिमाना पाटलीपुत्र, कतूर र पश्चिममा उधमपुर भनेर व्यख्या गरेको छ। कामक्ष भनेको आसाममा पड़ छ, पाटलीपुत्र भनेको पटना र कतुर भनेको इलाहाबाद नजीक र उधमपुर भनेको उत्तर-पश्चिम पंजाब। र यो ईसाको ३५० वर्ष पुर्वको शिलालेख हो। माधव प्रसाद घिमिरेले पनि आफ्नो एक कविताको पंक्तिमा गुणगाण गर्दै लेख्नुभएको छ : पश्चिम किला कांगड़ा, पुर्वमा तिष्टा पुगे थियौं। कुन शक्तिको साम्मुमा कहिले हामी झुकेथियौं ॥

पूर्वको शासन प्रणाली पूर्वको शासन प्रणाली विकेन्द्रिकृत थियो, आजको भारतमा पहिला लगभग ५६५ सानो सानो शासनहरू थिए र नेपालमा पनि पहिला छौ दर्जन सानो सानो शासन रबाईसे, चौबीसे शासन प्रणाली थियो। पूर्वको खकुलो शासन प्रणाली र कमजोर राजनैतिको फाईदा उठायेर युरोपेली शासकहरूले पूर्वको क्षेत्रहरूलाई आफ्नो उपनिवेश बनाउन थाले। उनिहरूले पूर्वमा चलीरहेको जातिवाद, धर्मवाद र विविध संस्कृतिवादबाट धेरै फाईदा उठाये। पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने फैसला गरीबक्स्यो। त्यति बेला नेपाल सानो सानो शासण प्रणालीमा विभाजित थियो। विशाल नेपालको विभाजन खस र किरांत कालमा नेपाल विशाल थियो। किरात कालको अन्त र लिच्छवीहरूको शासन नेपालमा शुरु हुनु नेपालको दुर्भाग्य कालको शुरुआत थियो।

लिच्छवीहरूको शक्ती कम हुँदै गयो र लिच्छवीहरू कमजोर हुँदै गई सके, पछि विशाल नेपाल ५३ टुकड़ामा विभाजित भयो। लिच्छवी शासन पछि मल्लहरूको शासन नेपालमा शुरु भयो, तर मल्लहरूले नेपालको एकिकरण गर्न तरफ ध्यान दियेनन् अथवा गर्न सकेनन्। त्यसपछि शाह वंशको शासन नेपालमा आयो। शाह वंशलाई नेपालको आधुनिक युगको शुरुआत भन्ने गरिन्छ। एकिकरणको उद्देश्य पृथ्वीनारायण शाह दूरदर्शी राजा होइबक्सिन्थ्यो। मौसुफले नेपाललाई अंग्रेजहरूको उपनिवेशबाट बचाउनको निम्ति सानो सानो प्रदेशहरूलाई जोडेर एउटा सिंगो बलियो देशको आधार बसालिबक्स्यो। राम्रा सोच भयेका सबै बुद्धिजीवीहरू र त्यतिबेलाका सबै देशभक्तहरूको मौसुफलाई पुरा समर्थन थियो। विशाल नेपालको एकिकरण:- गोरखाको राजा पृथ्वीनारायण शाहले नेपाल इतिहासमा विशाल थियो भनेर थापाई सके पछि, नेपाल एकिकरणको अभियान शुरु गर्नु भयो। विक्रम सम्वत १७९९मा पृथ्वीनारायण शाह गोरखाको राजा बनेको १ वर्ष पछि छिमेकी राज्य नुवाकोट माथि हमला गरि विजय प्राप्त गरेर एकिकरण अभियानको शुरुआत गरे। पछि उनले विक्रम सम्वत १८१९मा सेन राज्य मकवानपुरलाई एकिकरण गर्न सफल भये र झनै उत्साहित पृथ्वीनारायण शाहले विक्रम सम्वत १८२३मा किर्तीपुर माथि पनि विजय पाएं। लगतै विक्रम सम्वत १८२५मा कान्तिपुर, ललितपुर तथा १८२६मा भक्तपुरलाई आफ्नो अधिकारमा लिई काठमाडौं उपत्यकालाई एकिकरण गरि काठमाडौंलाई नेपालको राजधानी बनाए। त्यसपछि श्री ५ पृथ्वीनारायण शाह पुर्व तर्फ एकिकरण गर्न तम्सिए र विक्रम सम्वत १८३०मा चौडण्डीमाथि विजय पाए। अर्को वर्ष विजयपुर राज्यलाई एकिकरण गरि पुर्वको सिमाना मेची नदीको आस-पास
पुय्राए। पृथ्वीनारायण शाहको निधन पछि उनका जेठा छोरा प्रताप सिंह शाहले चित्तवनलाई नेपालमा गाभे तर उनको चाणै निधन भएका कारण नाबालक रण बहादूर नेपालका राजा बने। नाएबीको रूपमा राजमाता राजेन्द्रलक्ष्मीले शासनको डोर आफ्नो हातमा लिई ससुराको एकिकरण


अभियानलाई निरन्तरता दिईन।
विक्रम सम्वत १८३४ देखी १८४२ सम्म चौबीसे राज्य अन्तर्गतको लम्जुंग, तनहु तथा काश्किलाई नेपालमा एकिकरण गरे। राजमाता राजेन्द्रलक्ष्मीको मृत्यु पछि नाबालक रण बहादूरको नाएबीमा पृथ्वीनारायण शाहको कान्छा छोरा बहादूर शाह सत्तामा आए र उनले आफ्नो पिताको एकिकरण अभियानलाई पुर्व तर्फको सिमाना सिक्किमको तीन तिहाई भू-भाग जितेर तिष्टा नदी सम्म पुय्राए। त्यसपछि उनले पश्चिम तर्फ ध्यान केन्द्रित गरे र बाँकी रहेका चौबीसे राज्यहरूमाथि १८४४ सम्ममा अधिकार जमाए। बहादूर शाहले बाइसे राज्यहरूमाथि पनि आक्रमण गरे र कर्णाली प्रदेशका राज्यहरूलाई जित्दै जुम्लालाई आफ्नो अधिनमा पारि सके पछि १८४७मा डोटी राज्यलाई विजय गरेर नेपालको पश्चिमी सिमाना महाकाली नदी सम्म पुय्राए। त्यसै वर्ष उनले कुमाँऊको राजधानी अल्मोड़ामा आक्रमण गरि कुमाँऊमा पनि विजय प्राप्त गरे। अर्को वर्ष उनले गढ़वालको राजधानी श्रीनगर माथि हमला गरि यस्लाई आश्रित राज्य बनाए, तर तिब्बत संगको युद्धले गर्दा यो एकिकरण रोकियो। बहादूर शाहको मृत्यु पछि यो अभियान प्रधानमंत्री भिमसेन थापा र सेनापति अमर सिंह थापाको नेतृत्वमा अगाड़ि बढ्यो। विक्रम सम्वत १८६१मा श्रीनगरमाथि पुनः आक्रमण गरियो र गढ़वाललाई पुर्ण रूपमा नेपालमा गाभियो। यसरी नेपालको पश्चिमी सिमाना यमुना नदी सम्म पुग्यो, त्यसपछि तुरुन्तै नेपाली सेनाले यमुना नदी तरि यमुना नदी देखी सतलज नदी बिचका १२ र १८ ठकुराईका नाममा रहेका थुप्रै स-साना राज्यहरूलाई एकिकरण गरे। विक्रम सम्वत १८६३मा अमर सिंह थापाले सतलज पार गरि विभिन्न ठाँऊहरू जित्दै कांगड़ा शहरमा आक्रमण गरे तर रावी नदी सम्म पुगी सकेका नेपाली सेना कांगड़ा किलालाई जित्न भने सकेन। एकिकरणको क्रममा नेपाली सेनाले कांगड़ाको राजा संसारचन्दलाई चार वर्ष सम्म कांगड़ा किलामा घेराबन्दी गरेर राखे। पछि संसारचन्दको सहायताको लागी आएका पंजाबका र सिंह सँग नेपाली सेनाको युद्ध भयो फलस्वरूप ज्वालामुखी सन्धि गरियो र यस सन्धि अनुसार नेपाली सेना सतलज नदी वारि आएर बस्न बाध्य भये।

यसरी विशाल नेपालको पुन: एकिकरण गरियो र नेपालको पुर्वी सिमाना तिष्टा नदी र पश्चिमको सिमाना सतलज नदी सम्म विस्तारित भयो। पृथ्वीनारायण शाहले मुख्य राज्यहरूलाई एकिकृत गरेर एउटा सिंगो देशको स्थापना गर्नुभयो, मुख्य सन् १७४४मा नुवाकोट माथि विजय प्राप्त भईसके पछि मुख्य उद्देश्य तिब्बतसँग ब्यापार गर्नु थियो, १७४८मा सिन्धुपालचोक, काभ्रेपाल्चोक र केही अन्य अधिराज्यहरू यसको पूर्वमा स्थित थिए। मकवानपुर र सिमरौनगढ नेपालमा गाभिसकेपछि, छिट्टै उहाँले बारा, पर्सा, रौतहट, र सिन्धुलीगढीलाई १७६२मा आफ्नो अधिन गर्नु बयो।

त्यसपछि गोर्खा अधिराज्यको सम्बन्ध इस्ट इण्डिया कम्पनीसँग स्थापित भयो। १८६८मा राजधानीलाई गोरखाबाट काठमाडौं सारियो। यति गरि सके पछि १७७५मा पृथ्वीनारायण शाह ५३ वर्षको आयुमा मृत्युलाई प्राप्त हुनु भयो।, उहाँको चौडण्डी र विजयपुरलाई आफ्नो राज्यमा गाभ्ने सपना अधुरोनै रह्यो। पृथ्वीनारायण शाहको छोरा प्रताप शाहको शासनमा तीनवटा राज्य दाङ्ग, कपिलवस्तु र चितवन नेपालमा गाभियो। त्यसैगरी, तनहु, पाल्पा, पर्बत, माथिको नुवाकोट, गरहु, सतहु, भिरकोट, र कास्की अधिराज्यहरू १७८५मा नेपालमा गाभियो।


त्यस पछि, मकवानपुर, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरंङ्ग, झापा, सिन्धुली, र उदयपुर अधिराज्यहरू गाभियो। १७६९मा जाजरकोट अधिराज्यको राजा गोर्खा अधिराज्यमा आफ्नो राज् मिलाउन तयार भये। १७७७मा २५ वर्षको उमेरमा प्रताप सिंह शाहको मृत्यु भयो। त्यस पछि कोशी, लम्जुङ्ग र तनहु साथै चौबीसे अधिराज्य १७८९मा नेपालमा गाभियो। त्यस छि काली गण्डकीको पश्चिमको बाईसे अधिराज्य र सल्यान, पाल्पा र नेपालमा गाभियो। कुमाँऊ र गढवाल माथि विजय :- गोर्खा आर्मीले १७०९मा कुमाँऊ माथि विजय प्राप्त गर्यो। प्रधुमन शाह ५०००} रूपयाँ शुल्क वार्षिक भुगतान गर्ने शर्तमा देशको शासक बने। पाल्पा अधिराज्यलाई नेपालमा गाभिसके पछि नेपालको दक्षिणी सीमाना इलाहाबाद सम्म विस्तारित भयो, १८०१मा बुटवल र बुटवलको तराई खण्ड सहित अवधको राजाबाट पाल्पाको राजाले
भाडामा प्राप्त गरे। 

१८०६मा गोर्खा आर्मीले गढवाल र सतलज पारीका सबै साना साना अधिराज्यहरू जस्तै सिरमौर, हिन्दुर र बेसहरलाई नेपालमा गाभे र यस प्रकार नेपालको पश्चिमको सिमाना सतलज पारि सम्म पुग्यो र नैनीताल, अल्मोडा, गढवाल, देहरादुन सबै नेपालका अंश बन्यो। सिक्किम र दार्जीलिङ माथी विजय :- त्यति बेला दार्जीलिङ सिक्किमको राजाको अधिकारमा थियो, जुन गोर्खाहरूसँग असफल युद्धमा लागेको थिए. 1780 देखि गोर्खाहरूले सिक्किम माथि निरंतर पैठ बनाई राखे। सिनो-नेपाल युद्धमा सिक्किमले केही भूभाग नेपाललाई हस्तांतरण गरे र 19 औं सदीको शुरुसंगै गोर्खाहरूले सिक्किम माथि कब्जा गरेर नेपालको सिमाना पूर्वमा टिस्टा नदी सम्म पुर्याए र सबै तराई भूभागहरू पनि आफ्नो कब्जामा गरे। विशाल नेपालको दुर्भांग्य सुरू:- ु १ नोभेम्बर १८१४ का दिन इस्ट इण्डियाका तर्फबाट जनरल हेस्टिग्सले नेपाल विरुद्ध विधिवत रूपमा युद्धको घोषणा गर्यो।

नेपाल-अंग्रेज बिचको पांच मोर्चा मध्ये सुदूर पश्चिम तर्फको रक्षाको भार अमर सिंह थापा माथि थियो र उनी यही ठाउँबाट युद्धको मोर्चा सम्भाल्थे। सतलज भेगबाट नेपालमा आक्रमण गर्न खटिएका अंग्रेज जनरल अक्टर लोनीले अमर सिंह थापालाई विभिन्न प्रकारका प्रलोभन दिएर आफुसँग मिलाउन कोशिश गर्यो, तर अमर सिंह थापा अंग्रेजहरूको लोभमा फसेनन् र उनी विरतापूर्वक लड़ेर किला जोगाई राखे। यसरी सतलज हत्याउन नसके पछि, अंग्रेजहरू अर्को युद्ध मार्गबाट नेपाली भूमीमा छिरे। अंग्रेजहरू सतलजमाथि काबू गर्न नसके पछि अर्को भेग नालापानी तर्फ बढ़े। नालापानी किलामा युद्धको मोर्चाको भार बलभद्र
कुंअर माथि थियो। सन् १८१४ अक्टोबर देखी नोभेम्बर सम्म भएको भिषण नालापानी युद्धमा जनरल जिलेस्पी सहित १००० सेना मारिए। अन्तमा नेपाली सेनालाई नेपाली युद्ध कौशलबाट हराउन नसके पछि अंग्रेजहरूले किलामा आउने पानीको मुहाननै काटि दिए। धेरै दिन सम्म पानी पीउन नपाए पछि बाध्य भयेर बलभद्र कुंअर बाँचेका आफ्ना ७० जना योद्धाहरू सहित नांगो खुकुरी नचाउदै किला छाड़दा अंग्रेजहरू चकित भएका थिए। नालापानी युद्ध पछि अर्को निर्णायक युद्ध मलोनको देवथल किलामा भयो। 


अंग्रेजहरूले आफ्नो सम्पुर्ण शक्ती लगाई यो किला हत्याउन सफल भये पछि ७० वर्ष नाघेका विर योद्घा भक्ति थापा पुन: यो किला फर्काउन अंग्रेज फौजमा जाइ लागे तर अंग्रेजहरूको तोपबाट छुटेको आगोको गोला उनको छातीमा लाग्यो र उनी त्यही ढ़ले। यसरी नेपालको जम्मा पाँच मोर्चामध्ये तीन मोर्चामा नेपालको जीत भयो र दुई मोर्चामा अंग्रेजहरूको जीत। अंग्रेजहरूको त्यहि जीतले गर्दा नेपालले सुगौली सन्धि जस्तो असमान सन्धिमा हस्ताक्षर गर्न बाध्य हुनु पड्यो। सुगौली सन्धिमा भएका सम्झौता :- सुगौली संधिमा हस्ताक्षर ब्रिटिश ईष्ट इण्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५मा भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो| यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो| संधिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नल प्यरिस् ब्राड्श थिए| संधिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो |   

यसअघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो| यस संधिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो |  यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज- नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए| सन्धि पछि गुमेका भूभागहरु :- नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउ (वर्तमान उत्तराखण्ड), गडवाल(वर्तमान उत्तराखण्ड), सतलुज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांग्रा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको थियो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश ईष्ट इण्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५मा हस्ताक्षर भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो। यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो।सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्यायतथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस् ब्राड्श थिए। सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो। 

यस सन्धिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो । यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज- नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा(वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू। तराई क्षेत्रका केही भागहरू सन् १८१६मा नेपाललाई फर्काइयो र सन् १८५७को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६५मा नेपाललाई फर्काइयो जसलाई नयाँमुलुक भनिन्छ। नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि एडवार्ड गार्डनर नैं प्रथम पश्चिमी प्रतिनिधि भए। उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्। सुगौली सन्धिलाई सँच्याउने अर्को सदाको निम्ति शान्ति एवं मैत्री सन्धि डिसेम्बर १९२३मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो। भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो। 



सुगौली सन्धिअघि :- सुगौली सन्धि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण-पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो। परन्तु वर्तमान कालमा यी क्षेत्र भारतका भूभाग पर्छन् ।
नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन :-
१. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो। नेपाललाई ती शर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन। त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो। राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न बाध्य बन्यो।
२. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्षर गर्न चाँहदैनथे। तर नेपाल बाध्य बन्यो- यसका शर्तहरू मान्न। पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे।

३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा हस्ताक्षर गरयो। सन्धि सोही दिनदेखि लागू गरियो। सन्धिको वैधता :- १. सन्धिको अनुच्छेद ९मा राजाद्वारा सन्धि मंजूर् गरिनु पर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाण युद्ध बिक्रमबाट यस्तो गरेको कुनै रिकर्ड छैन।
४. ब्रिटिशलाई नेपालले सन्धिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरलडेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पियो !

सीमा विवाद :- सन्धिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद छ 
१. सन्धिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ। लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि विवाद छ। यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्। 
२. परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ । यस्ता ५४ वटा क्षेत्रहरू छन्। यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि हुन्। बास्तव मै , . सुगौली सन्धि (१८१६ मार्च ४) बेलायतसँग भएको थियो | बेलायतले सन् १९४७अगस्त १५ मा इन्डिया छोडेपछि नेपालको भूभागलाई इन्डियाले उपनिवेश बनाई शासन गर्दै आएको छ |

सुगौली सन्धि रद्द हुँदा नेपालको पूर्वी सिमाना भुटान र बंगलादेशसंग जोडिन्छ |

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages