बर्दिया – सुन्दै अचम्म लाग्न सक्छ जग्गा आफ्नो नाममा छ र त्यसको लाल पुर्जा पनि हातमा छ, तर जग्गा छैन । जग्गा भोग चलन गरेको भन्दै मालपोत पनि तिर्नु पर्छ, तर जग्गामा खुट्टो हाल्न पनि पाइँदैन । हातमा लाल पुर्जा भए पनि जग्गा चाहिँ भारततिर पुगेपछि बर्दियाको गुलरिया नगरपालिकाका बासिन्दाले १४ वर्षदेखि यस्तै समस्या भोगिरहेका छन् । सयौं वर्ष अघिदेखि आफ्ना पुर्खाले भोगचलन गर्दै आएको जग्गा केही वर्ष यता भारतीयले कब्जा गरेपछि नेपालीहरुको यो अवस्था आएको हो ।
![]() |
गुलरिया १० थपुवा गाँउकाबासिन्दाको नाममा जग्गा धनी प्रमाण पत्र भएपनि जग्गा भने अहिले भारतमा पर्छ । सिमा स्तम्भ सारेर भारतीयले जग्गा कब्जा गरेपनि थपुवा गाउँका केही परिवारले भने १४ वर्षदेखि गुलरिया नगरपालिकामै कर तिर्दै आएका छन् । उनीहले प्रति बिगाहा वार्षिक २ सय ५० रुपैँयाका दरले साढे ५ विगाह जग्गाको एकीकृत सम्पत्ति कर तिरीरहेको बताएका छन् ।
२०५६ सालदेखि आफ्नो जग्गा भारतीयले उपभोग गरिरहेको भएपनि आफूले केही भन्न नसकेको स्थानीय कृष्णप्रसाद थारुले बताउनुभयो । ‘आफ्नै जग्गामा भारतीले अन्न उत्पादन गरेको देख्दा मनै भक्कानिन्छ,’ थारु भन्नुहुन्छ, ‘तैपनि हामी केही गर्न सक्दैनौं ।’ गाउँका ६ जनाको ५ विघा ९ कठ्ठा जग्गा भारतीयले खनजोत गरिरहेको उहाँले जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वको समयमा भारतीय सीमा सुरक्षाकर्मीले सीमा स्तम्भ सारेर आफ्नो जग्गा भारतीय नागरीकलाई दिएको स्थानीयबासिन्दाको गुनासो छ । पहिलेदेखि आफ्नै नाममा रहेको जग्गा अहिले भारतीय नागरिकले जोतभोग गरीरहेका छन् तर आफुले जोतभोग गर्न नपाउँदा पनि स्थानीयबासिन्दाले वर्षेनी मालपोत र नगरपालिकालाई राजश्व तिर्न बाध्य छन् ।
कसको कति जग्गा ?
बर्दिया गुलरिया नगरपालिका वार्ड नम्मर १० थपुवा गाँउका हैवु थारुको कित्ता नं १ सय ८१ को १ विगाह ७ कठ्ठा, खटिके थारुको कित्ता नं १ सय ८० को १२ कठ्ठा १० धुर, महरजीया थारुको कित्ता नं १ सय ८२ को १२ कठ्ठा १० धुर जग्गा भारतमा परेको छ । यसैगरी जिरिया थारुको कित्ता नं १ सय ५२ को १० कठ्ठा बन्धिया थारुको कित्ता नं १ सय ४९ को २ बिगाहा ७ कठ्ठा गरि जम्मा ५ विगाह ९ क्ठठा जग्गा २०५६ सालमा सिमा स्तम्भ सारिएपछि भारतमा परेको हो ।
आफ्नै जग्गाको किनारमा रहेको भारतले मनोमानी रुपमा राखेको नयाँ सिमा स्तम्भ नजिकको बाटोमा हिँडडुल गर्दा समेत भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानले नेपालीलाई हप्काउँछन् । उनीहरुले सिमा स्तम्भ नजिक जान नेपालीलाई रोक लगाउँदै आएका छन् । पोहोर त एसएसबीले पक्राउ गरी गाली गलौज गर्दै अबदेखि सिमा आसपासमा नआउनु भन्द्र भम्क्याएको स्थानीबासिन्दाले अझै बिर्सिएका छैनन् ।
एसएसबीचले नेपालीलाई दुःख दिएपनि सिमा क्षेत्रमा बस्ने नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध भने राम्रो छ । खाना र खाजा खानुपरेमा एक अर्काको घरमा आउ जाउ गर्ने उनीहरु चाडपर्व समेत सँगै मनाउने गर्छन । सरकारले नै यहाँ बस भनेर आफूहरुलाई राखिदिएको भारतीय नागरिकको भनाई छ । भारतको बहराईच जिलाको भादापुरुवाका एक भारतीय नागरिकले हिन्दी भाषामा भने ‘यो जग्गा त नेपालीकै रहेछ तर के गर्नु ? हामीलाई सरकारले यही बसालीदियो, यहीँ बस्न भनेको छ ।’
यो क्षेत्रमा ५५ घरपरिवार भारतीय छन् । उनीहरु दुई देशका सरकारले विवाद मिलाएर आफूहरुलाई यो ठाउँबाट हटाए पनि आपत्ति नभएको बताउँछन् ।
No comments:
Post a Comment