सप्तरीमा सीमा बचाउ अभियानकर्ता देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका उनका छोरासहित तीनजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएपछि छुटाउन गएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार आइतबार छोराको रिहाईका लागि सीमापार गएका यादवलाई उताको प्रहरीले नियन्त्रणमा लियो।
एसपी सिंहले भने, ‘मैलेपनि केही समयअघि घटनाका बिषयमा जानकारी पाएको छु । के भएको हो बुझ्ने प्रयास भइरहेको छ।’
सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा उनी उत्रिएका थिए।
उनी केही महिनाअघि नेपाली भूमि रक्षाका लागि भारतीयसँग लड्दा सख्त घाइते भएका थिए। यादव सप्तरी तिलाठीका बासिन्दा हुन । भारतीय सीमा सुरक्षा बलसँग नेपाली भूभागका लागि निरन्तर लड्दै आएका यादव भारतीय पक्षको निशानामा थिए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले घटनाका बिषयमा बुझ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको बताए। उनले घटनाका बिषयमा सशस्त्रको बोर्डर आउट पोष्टले जानकारी दिएपछि मात्र घटनाका बिषयमा यथार्थ बाहिर आउने बताए। उनका अनुसार यादवलाई प्रहरीले वीररपुर लगेको छ।
शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका उनका छोरासहित तीनजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएपछि छुटाउन गएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार आइतबार छोराको रिहाईका लागि सीमापार गएका यादवलाई उताको प्रहरीले नियन्त्रणमा लियो।
![]() |
सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा उनी उत्रिएका थिए।
उनी केही महिनाअघि नेपाली भूमि रक्षाका लागि भारतीयसँग लड्दा सख्त घाइते भएका थिए। यादव सप्तरी तिलाठीका बासिन्दा हुन । भारतीय सीमा सुरक्षा बलसँग नेपाली भूभागका लागि निरन्तर लड्दै आएका यादव भारतीय पक्षको निशानामा थिए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले घटनाका बिषयमा बुझ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको बताए। उनले घटनाका बिषयमा सशस्त्रको बोर्डर आउट पोष्टले जानकारी दिएपछि मात्र घटनाका बिषयमा यथार्थ बाहिर आउने बताए। उनका अनुसार यादवलाई प्रहरीले वीररपुर लगेको छ।
No comments:
Post a Comment