एमाले–माओवादी घोषणा : बाह्य हस्तक्षेप अस्वीकार देखि १९५० को सन्धि पुनरावलोकनसम्म - Greater Nepal
एमाले–माओवादी घोषणा : बाह्य हस्तक्षेप अस्वीकार देखि १९५० को सन्धि पुनरावलोकनसम्म

एमाले–माओवादी घोषणा : बाह्य हस्तक्षेप अस्वीकार देखि १९५० को सन्धि पुनरावलोकनसम्म

Share This
नेकपा एमाले–माओवादीको मिलेर बनेको वाम गठबन्धनले साझा घोषणापत्र जारी गर्दै आफ्नो परराष्ट्र नीतिबारे धारणा सार्वजनिक गरेका छन् । घोषणापत्रमा भारत–चीनसंगै अन्य मुलुकलाई हेर्ने दृष्टिकोण सार्वजनिक गरिएको छ । राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्ने गरि राष्ट्रिय सुरक्षा नीतिको विकास गरिने प्रतिवद्धता घोषणापत्रमा उल्लेख छ । योसंगै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा, प्राकृतिक सम्पदाको जगेर्ना, सामाजिक सद्भाव र मानवीय सुरक्षा सुनिश्चित हुने गरी गरी राष्ट्रिय सुरक्षा नीतिको विकास गरिने छ,’ घोषणा पत्रमा उल्लेख छ । घोषणापत्रमा नेपालको आन्तरीक मामिलामा बाह्य हस्तक्षेप मान्य नहुने बताइएको छ । पछिल्लो समय आफुलाई बलियो राष्ट्रवादी दावी गर्दै आएको एमाले र पछिपछि लाग्दै गएको माओवादीले घोषणापत्रमा सीमा अतिक्रमण लगायतका विषयमा प्रष्ट रुपमा मुख खोलेका छैनन् । 


विदेशसंग गरिएका सबै असमान र अपमानजनक सन्धी सम्झौताहरुलाई राष्ट्रिय हित अनुरुप प्रतिस्थापित गर्नुका साथै समानता, पारस्परिक लाभ र सम्मान लगायतका पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्रा्ष्ट्रिय कानूनका स्थापित मान्यताका आधारमा सबै देशहरुसंग सुमधुर सम्बन्ध कायम गरिने वाम घोषणा लेखिएको छ । पञ्चशिल सिद्धान्त र मान्यताको आधारमा छिमेकी मुलुक भारत र चीनसंगको सम्बन्ध घनिष्ट र सुदृढ बनाउँदै राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई सुदृढ गरिने घोषणामा लेखिएको छ । 
१९५० को सन्धि पुनरावलोकन कि खारेज ?
भारतसँग गरिएको सन् १९५० को सन्धि लगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकता अनुरूप प्रतिस्थापन गर्ने एमाले र माओवादीको लक्ष्य छ । तर नेपालमा त्यो सन्धि खारेजीको माग पनि जोड्दार रुपमा उठ्दै आएको छ । सीमा समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि कूटनीतिक पहल गरिने दाबी घोषणा लेखिएपनि कालापानी,लिपुलेक सुस्ताजस्ता महहत्वपुर्ण सीमा विवाद रहेका क्षेत्रको नाम उल्लेख गरिएको छैन ।

कालापानीदेखि सुस्ताबारे मौनता किन ?
भारतले ७१ स्थानमा नेपालको सीमा अतिक्रमण गरेकोे छ । २०५९ सालसम्म ५३ स्थानमा सीमित रहेको सीमा अतिक्रमण २०६९ को अन्त्यसम्म आइपुग्दा ७१ स्थानमा पुगेको हो ।  यसले प्रष्ट गर्छ नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता झनै कमजोर बन्दैछ । भारतले सुदूरपश्चिमको पूर्वी नेपाल इलामको पशुपतिनगरदेखि सुदूरपश्चिम नेपालको कालापानीसम्म नेपाली भूमि अतिक्रमणमा परेको छ । भारतले सबैभन्दा धेरै कालापानीमा ३७ हजार हेक्टर भूमि अतिक्रमण गरेको छ । त्यहाँ भारतले सैन्य क्याम्प नै खडा गरेको छ । त्यस्तै पश्चिम नेपालको नवलपरासीको सुस्तामा १४ हजार हेक्टर नेपाली भूमि भारतले मिचिरहेको छ । यसबारे वाम घोषणापत्र बोलेको छैन् ।
अहिलेसम्म नेपालको ६० हजार ६०० हेक्टर अतिक्रमण भएको छ । ऐतिहासिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध भएको भन्दै भारतले नेपालको सत्तामा मात्र होइन भौगोलिक, प्राकृतिक क्षेत्रमा समेत हस्तक्षेप गर्दै आएको तथ्य लुकेको छैन । भारतीय सीमा सुरक्षा बल एसएसबीको आडमा नेपाली भूमि अतिक्रमण गरी रातारात घर टहरा बनाउने, सीमा स्तम्भ उखेल्ने, गायब पार्ने, भत्काइदिने लगायत सीमा क्षेत्रमा अनधिकृत रुपमा बाँध बाँध्ने, सडक बनाउने नाममा पानीको वहाव रोकी नेपाली भूमि डुबानमा पार्ने लगायतका काम व्यापक रुपमा हुँदै आएका छन् ।
Source:- Newssewa

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages