अस्ताए नेपाली फुटबलका म्याराडोना (मणी विक्रम शाह ) - Greater Nepal
अस्ताए नेपाली फुटबलका म्याराडोना (मणी विक्रम शाह )

अस्ताए नेपाली फुटबलका म्याराडोना (मणी विक्रम शाह )

Share This
शारिरिक बनावट, खेल्ने शैली, उस्तै कर्ली कपाल, देब्रे खुट्टाले बल प्रहार गर्ने शशक्त क्षमता र उही जर्सी नम्बर १०। अर्जेन्टेनी महान फुटबलर डियगो म्याराडोनासँग उनकै समकालिन नेपाली स्टार मणी शाहको मिल्ने कुरा थिए। उनी अाफैपनि म्याराडोनाका फ्यान थिए। म्याराडोनाजस्तै देखिने भएपछि नेपाली समर्थकहरुले उनलार्इ नेपाली म्याराडोना भन्न थाले।

सोमबार साझ तिनै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका ५१ वर्षे मणीविक्रम शाहको निधन भएको छ। लामो समयदेखि कलेजोको समस्याबाट ग्रसित शाहको सोमबार साँझ काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  उनले राष्ट्रिय टोलीबाट ४८ क्याप जित्दै ६ गोल गरेका थिए। तर, नेपाली फुटबलले पाएका उनी अाजसम्मै सर्वोत्कृष्ट खेलाडी हुन्। सन् १९८५ मा १७ वर्षको उमेरमा उनले राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

१३ वर्षे राष्ट्रिय टोलीबाट खेलेका उनले नेपालले सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा उनले महत्वपूर्ण भुमिका खेलेका थिए। फाइनलमा भारतबिरुद्ध उनले अन्तिम सेकेण्डमा बराबरी गोल गरेपछि नेपालले पेनाल्टीमा अविश्मरणीय ४–३ को जित निकालेको थियो। उनले सन् १९९८ को बैंकक एशियाडमा नेपालको झण्डा बोकेको थिए। तिनै नेपाली म्याराडोनाको निधनले नेपाली फुटबल जगत स्तब्ध बनेको छ। सबैले उनलार्इ सम्झिरहेका छन्।

सम्झनामा मणी
कालधारामा उनकै नामको गल्ली छ, जहाँ उनले हालसालै घर पनि बनाएका थिए । घरको चौथो तलाको एउटा कोठाको भित्तामा उनले पाएका मेडल र तस्वीरहरु सजिएका छन् । भित्ताको एउटा कुनामा महान फुटबलर पेलेले हस्ताक्षर गरेको ब्राजिलको जर्सी ।

नजिकै टीभी, जसमा उनी इंग्लिस प्रिमियर लिग र ला लिगाका महत्वपूर्ण खेलहरु हेर्थे । त्यसको छेवैमा फुटबल आकारकै सोफा । केही दिनअघि भेट्दा मणी आफ्नो तस्वीर, मेडल देखाउँदै आफू स्वस्थ हुँदै गएको सुनाएका थिए । तर, कालोकालो वर्णका उनी अलिअलि पहेँलो भएको आँखा प्रस्ट देखिन्थे ।

अस्वस्थ रहेकै अवस्थामा पनि उनको खेलाडी स्वभावमा कमी भएको थिएन । ‘यो सबै म फुटबलर भएरै मिलेको हो । त्यसले आˆनो खेल जीवनलाई फर्केर हेर्दा अहिलेसम्म पनि रमाइलो लाग्छ’ नेपाली फुटबलका मणीले भनेका थिए । तर, स्वस्थ्य भएर नेपाली फुटबललाई कुनै न कुनै रुपमा योगदान गर्ने उनको इच्छदा अधुरै रहृयो ।

खेलाडी बाबुको छोरा
वि.सं. २०२४ साल असार १५ गते आमा स्वर्गीय रेखा शाहको गर्भबाट जन्मिएका हुन् मणी । उनका बुवा स्वर्गीय लक्ष्मणबिक्रम शाह पनि खेलाडी नै थिए । एथ्लेटिक्स, फुटबल र ज्याभलिङ थ्रोका खेलाडी बुवाको सन्तान भएकाले मणी सानो छँदादेखि नै घरमा खेलको वातावरण थियो । बुवाकै प्रेरणाले खेलमा लागेका थिए ।



बुवाले डोर्‍याउँदै फुटबल खेलाउन टुँडिखेलसम्म लगेको उनी सम्भिmरहन्थे । १३ वर्षकै उमेरमा उनले बैंककमा पि्रन्सेस कप खेल्न जान पाएका थिए । त्यसपछिको दुई वर्ष पनि उनी बैंकक गए । सानो बेलादेखि नै उनमा उत्कृष्ट खेल क्षमता थियो । जहाँ जहाँ खेल्न जान्थे सबैलाई प्रभावित पारेर र्फकन्थे ।

१७ वर्षमै राष्ट्रिय टिममा
मणीले सन् १९८५ मा बंगलादेशको ढाकामा भएको तेस्रो साफमा राष्ट्रिय टिममा स्थान बनाए, जतिबेला उनी मात्र १७ वर्षका थिए । प्रतियोगितामा नेपाल तेस्रो भयो । उनले पाँच पटटक साफ खेले । सन् १९८७ को साफमा नेपाल तेस्रो भयो । त्यसपछि सन् १९८७ मा दोस्रो भएको नेपाल सन् १९८९, सन् १९९१ मा सहभगी मात्र भयो ।  मणीको चमक त्यसबेला उज्यालियो, जब सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साफमा नेपाल विजयी भयो ।  समा फरवार्ड मणीको भूमिका महत्वपूर्ण थियो । त्यसपछि उनी सन् १९९५ मा भारतमा भएको सातौँ साफमा पनि खेले ।
उनी एसियन कप छनोट १९८६, एसियन गेममै जापानमा १९९४, १९९८ मा बैंककमा सहभागी भएका थिए ।एशियाली खेलकुदमा सन् १९९८ मा राष्ट्रिय झण्डा बोकेर टिमकै नेतृत्व गरेर सहभागी भएका उनी एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र फुटबलर हुन् ।



उनले विश्वकप छनोटका लागि सन् १९८९ मा कोरियामा पनि खेले । उनी ओलम्पिक छनोटमा खेलमा पनि सन् १९८७ जापान र १९९८ मा कोरियामा सहभागी भएका थिए । उनले सन् १९८५ देखि १९९८ सम्म नेपाली राष्ट्रिय टोलीमा रहेर फुटबल खेले । राष्ट्रिय टोलीबाहिर पनि उनले मनाङ मस्र्याङ्दी, आरसीटी, एनआरटी, प|mेण्डस क्लब, ब्वाइज क्लब, आरएनएसीबाट फुटबल खेले । उनको प्राय समय मनाङ मस्र्याङ्दी क्लबमै बित्यो ।
सन्तुष्ट फुटबलर
उनी फुटबल नै आफ्नो जीवन भएको ठान्थे । उनले त्योबाहेक अन्य कुरा सोच्नु परेन । फुटबल समर्थकले नेपाली म्यारोडोना भनेर चिन्ने उनको नशा नशामै फुटबल थियो । भन्थे, ‘मेरा लागि फुटबल भगवानले दिएको सुन्दर उपहार हो । जहिलेसम्म खेलेँ, राम्रो नै गरेँ ।’ उनले दुई वर्ष सन् ०९७ र ०९८ सालमा राष्ट्रिय टिमको कप्तानको भूमिका पनि निभाए । आˆनो समयमा उपेन्द्रमान सिंह र देवनारायण चौधरीलाई मन पराउने मणीलाई अहिलेको पुस्तामा नवयुग श्रेष्ठ मनपर्ने खेलाडी थिए ।

उनले २०४३ सालमा बेस्ट फुटबल खेलाडीको सम्मान पाए । बेस्ट भएरै २०५५ सालमा रुपक स्मृति सम्मान पाए । २०५६ सालमा वर्ष युवा खेलाडीको पुरस्कार पाएका उनले फुटबलकै कारण विभिन्न २० भन्दा धेरै देशको भ्रमण गरे ।

स्वर्ण दिलाउने त्यो फ्रि किक गोल
नेपाली फुटबलमा मणीको चर्चा गर्दा उनले गरेको फ्रि किक गोललाई छुटाउन सकिँदैन । १९९३ मा ढाकामा भएको साफमा नेपालले साफमा कुनै पनि खेलमा स्वर्ण जित्न सकेको थिए । भारत प्रतिद्वन्द्वी भएपछि फुटबलमा पनि स्वर्णको आश गरिएको थिएन ।



फाइनल खेलको सुरुमा नेपाल १-० ले पछि पर्‍यो । मिडफिल्डर उमेश प्रधान र मणीको तालमेल खुबै मिल्थ्यो । उमेशकै गोलले नेपालले खेल पहिलो हाफमै बराबरी गर्‍यो । तर, दोस्रो हाफमा भारतले फेरि एक गोल थप्यो । २-१ ले नेपाल पछि परिरहेको थियो । समय निकै कम । ३० सेकेण्ड जति बाँकी हुँदा नेपालले फ्रि किक पायो । फ्रि किक हान्ने मौका पाए उनै मणीले ।

डिएरिया बाहिरबाट पाएको त्यो फ्रि किकमा गोल गर्दै उनले खेल टाइब्रेकरसम्म पुर्‍याए । ‘त्यो बेला डरसँगै निकै खुशी लागेको थियो । टाइब्रेकरमा उपेन्द्रमान सिंहले दुईवटा राम्रो बचाउ गरे । त्यो हाम्रो खेल जीवनकै उत्कृष्ट क्षण हो’ उनले सम्झिएका थिए ।

अनौठो प्रतिभा
जजसले मणी शाहको खेल हेर्न पाए, उनीहरु सबैले भन्ने गरेको एउटै कुरा हो, ‘मणी जस्तो अर्को फुटबलर नेपालमा छैन ।’ मिलेको पास, डि्रबलिङ र गोल उनको खेलमा जादु नै देखिन्थ्यो । यसैले उनका समकालीन खेलाडी तथा राष्ट्रिय टिमका पूर्वकप्तान गणेश थापा पनि मणीको जादुमा प्रभावित थिए ।

थापा मात्रै होइन, उनको खेल हेर्ने सबै नै प्रशंसा गर्छन् । उनी भने भगवानकै देन मान्थे । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान उपेन्द्र मान सिंह पनि मणीको खेल सम्झिरहन्छन् । यसैले त जन्मदै फुटबल क्षमता लिएर जन्मिएका मणीको निधनले नेपाली फुटबल जगतमा गहिरो शोक परेको छ ।

1 comment:

  1. BetVictor Casino Review | €300 Welcome Bonus - drmcd
    A detailed 광명 출장샵 BetVictor 오산 출장샵 casino review with players' ratings and 제주 출장마사지 bonuses. Includes bet 양산 출장샵 rewards and welcome offers for new players. Rating: 4.3 · ‎Review by Drmcd 경주 출장샵

    ReplyDelete

Electronic currency exchange rates

Pages