विश्वभर सुरक्षित नेपाल अभियान चलाउँदै जापानी (तस्बिरहरुसहित) - Greater Nepal
विश्वभर सुरक्षित नेपाल अभियान चलाउँदै जापानी (तस्बिरहरुसहित)

विश्वभर सुरक्षित नेपाल अभियान चलाउँदै जापानी (तस्बिरहरुसहित)

Share This
भूकम्पपछि असुक्षित महसुस गर्दै नेपाल भ्रमणमा आउन नचाहने विश्वभरका नागरिकलाई लक्षित गरी जापानी नागरिक मिजुतानी कोजीले ‘मेरी नेपाल’ अर्थात ह्याप्पी नेपाल अभियान सुरु गरेका छन् । भूकम्पको पीडालाई नजिकबाट बुझ्दै नेपालको आर्थिक विकासका लागि सहयोग गर्ने उद्धेश्यका साथ मेरी नेपाल प्रोजेक्ट नै स्थापना गरी कोजीले यो अभियान थालेका हुन् । 

 ‘भूकम्पपछि नेपाल भ्रमणमा आउन जो कोही विदेशी नागरिक डराइरहेका छन्, नेपाल सुरक्षित छैन, नेपाली सुरक्षित छैनन् भन्ने मान्यता उनीहरुमा रहेकै कारण नेपालमा आउन हच्किएका छन्, उनीहरुलाई नेपाल सुरक्षित छ, नेपाली खुसी छन्, तिमीहरु नेपाल भ्रमणमा आउनु पर्छ भन्ने सन्देश दिन मेरी नेपाल अभियान थालिएको हो,’ अभियानकर्ता कोजुले भने ।

उनका अनुसार विश्वभर सुरक्षित नेपाल र खुसी नेपाली छन् भन्ने सन्देश दिई नेपालमा पर्यटक बढाउनु अभियानको मुख्य उद्धेश्य हो । ‘हसिलो मुहार भविश्यको आशा हो, नेपालको भविश्य राम्रो छ, भूकम्पको पीडालाई पराजित गर्दै नेपाली खुसी छन्, उनीहरु विकासको बाटोमा छन् भन्ने मेरी नेपाल अभियानको मुख्य सन्देश हो,’ उनी भन्छन् ।

यही सन्देश फैलाउन आईजीसी फाउेण्डेशनको संयोजन र प्रेस चौतारी नेपालको आयोजनामा बिहीवार काठमाडौंको बौद्धस्थित बौद्धनाथ स्तुपामा विशेष कार्यक्रमसहित मेरी नेपाल अभियान सम्पन्न गरिएको छ ।

भूकम्पपछि पुनर्निर्माण भएको बौद्धनाथ स्तुपाबाट नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आयोजित कार्यक्रममा मुस्कानसहितको तस्विर खिचिएको छ । सो तस्विरलाई युरोप, अमेरिकालगायतका ३० राष्ट्रमा प्रदर्शनी गरी नेपाल भ्रमणको निमण्त्रणा दिइने अभियानकर्ता कोजीले जानकारी दिए ।

नेपाललाई विश्वभर चिनाउनका लागि अभियानलाई साथ दिएको जिसीआई फाउण्डेशनका संयोजक गणेशमान लामाले नेपालमा विदेशी पर्यटक भित्र्याउन अभियान निकै महत्वपूर्ण रहेको बताए । ‘सुरक्षित नेपाल, खुसी नेपाली भन्ने सन्देश दिई सम्बन्धित मुलुकमै पुगेर नेपाल भ्रमण गर्न प्रेरित गर्नका लागि अभियान थालिएको हो,’ लामाले भने, ‘नेपालीमा भूकम्पपछिको मानसिक तनाव पनि कम भएको छ र हामी नेपाल बनाउन सक्छौं भन्ने सन्देश पनि कार्यक्रममार्फत दिन खोजिएको हो ।’


आयोजक संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुनर्निर्माण सम्पन्न बौद्धनाथ स्तुपामा ५० जना पत्रकारले मुस्कानसहित सामूहिक तस्विर खिचाएर नेपाल सुरक्षित छ भन्ने सन्देश दिएको बताए । ‘भूकम्पपछि जताततै नेपालबारे दुःखको समाचार प्रवाह भइरहेको छ, अव नेपाल दुःखी होइन, खुसीका साथ समृद्धितिर लागेको छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष बस्नेतले भने ।
मुस्कानसहितको फोटो खिचाउने अभियानमा प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतसहित वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरलगायत ५० जना भन्दा बढी पत्रकार सहभागी भएका थिए ।

अभियानकर्ता कोजीका अनुसार बौद्धनाथ स्तुपामा खिचिएको मुस्कानसहितको फोटो ह्याप्पी टोकियोमा प्रदर्शनी गर्दै जापानमा रहेका सवै विदेशीलाई नेपाल भ्रमणको निम्तो दिइने छ । त्यसपछि युरोप, अमेरिकालगायत ३० मुलुकमा प्रदर्शनी गरी नेपाल भ्रमणका लागि आह्वान गरिने छ ।

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages