भारतीयले दशगजामा खनेको कुलो सशस्त्र प्रहरीले पुर्‍यो - Greater Nepal
भारतीयले दशगजामा खनेको कुलो सशस्त्र प्रहरीले पुर्‍यो

भारतीयले दशगजामा खनेको कुलो सशस्त्र प्रहरीले पुर्‍यो

Share This
बर्दियाको मधुवन नगरपालिका-५ मा दशगजा मिचेर भारतीय पक्षले खनेको कुलो सशस्त्र प्रहरीले पुर्न लगाएको छ । भारतीय वन विभागका कर्मचारीहरुले कुलो खनेको कुलो नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल सानोश्रीले पुर्न लगाएको हो ।

कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा सोमबार बिहान स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए । दशगजा मिचेर कुलो खनिएपछि विवाद भएको थियो । ‘उनीहरुले खनिरहेको भूभाग भारततिर पर्ने दाबी गरेका थिए,’ प्रहरी निरीक्षक भुपेन्द्र पालले भने, ‘सीमा स्तम्भबाट नौ मिटरभित्र पर्ने नपर्ने अन्यौल भएपछि हामीले खाल्डो पुर्न लगाएका हौं ।’

कुलो खनिएको खबर पाएलगत्तै प्रहरी निरीक्षक पाल नेतृत्वको सशस्त्र प्रहरी टोलीले सीमा रेखामा दुवै देशले कुनै गतिविधि गर्न नपाउने भन्दै रोकेको हो । अन्तर्राष्ट्रिय कानुनले दशगजाभित्र कुनै पनि गतिविधि गर्न रोक लगाएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

यसअघि कञ्चनपुरको पुनर्वास नगरपालिका-८ आनन्दबजार क्षेत्रमा पर्ने नेपाल-भारत सीमामा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो ।

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages