भारतीय सुरक्षाकर्मीले सीमा स्तम्भ सार्दै अतिक्रमण - Greater Nepal
भारतीय सुरक्षाकर्मीले सीमा स्तम्भ सार्दै अतिक्रमण

भारतीय सुरक्षाकर्मीले सीमा स्तम्भ सार्दै अतिक्रमण

Share This
गुलरिया ८ का ८१ वर्षीया सफिक अहम्मद एराकी बाँसीको जंगल भारतमा गाभिएको चिन्ता गर्छन् । ३७ सालपछि भारतले ३ सय मिटर जंगल सीमा मिचेको उनी बताउँछन् । जंगलमा जङ्गे सीमा स्तम्भ हराउँदै गएको स्थानीय एर्साद अहम्मद अन्सारीको गुनासो छ ।

जंगलमा त्यसबेला डाँकाहरूको बिगबिगी थियो । नियन्त्रण गर्ने निहुँमा उत्तरतिर सर्दै आएको भारतीय प्रहरीको टोलीले पछिल्लो समय सीमा अतिक्रमण गर्दै आएको उनको गुनासो छ । सीमा अतिक्रमण भए पनि तत्कालीन प्रशासनले चासो नदिएको उनले आपरोप लगाए । अन्सारीले भने, ‘जंगल क्षेत्र क्रमश: अतिक्रमित बन्दै गइरहेको छ ।’ अहिले उक्त क्षेत्रमा भारतीय गाउँ सलारपुर जोड्ने सडक र एसएसबीको पोस्ट राखिएको छ । घना जंगल भएकाले नेपाली अधिकारीको ध्यान नपुगेको स्थानीय सीताराम गोडिया बताउँछन् । गुलरिया नपास्थित थपुवा गाउँका स्थानीयको जग्गा भारतीय सुरक्षाकर्मीले सीमा स्तम्भ सार्दै अतिक्रमण गरेको उनको भनाइ छ ।

फत्ता थारूको १० कट्ठा, विश्राम थारूको २ बिघा ७ कट्ठा, खटिक थारूको १४ कट्ठा र रामदत्त थारूको १४ कट्ठा जग्गा भारतीय पक्षले अतिक्रमण गरी सीमा स्तम्भ सारेको गोडियाको भनाइ छ । भारत बहराइचको कतरनिया वन्यजन्तु आरक्ष परेको यस क्षेत्रमा भारतीय सुरक्षा बलले सीमा नजिक रहेका बासिन्दालाई दशगजा नजिक बस्न नदिने गरेको स्थानीय बताउँछन् । बर्दियासँग जोडिने भारतीय सीमाको अधिकांश दशगजा देखिन छाडेको छ ।

सुरक्षाकर्मीको टोलीले गरेको अनुगमनका क्रममा भारतीय घना जंगलसँगै जोडिएको सीमामा रहेको २ सय ४५ मध्ये १ सय ५० वटा सीमास्तम्भ गायब भएको तथ्य खुलेको छ । पूर्व मानखोलादेखि पश्चिम राजापुरस्थित कर्णाली नदी ८३ दशमलव ८ किमि लामो सीमाका स्तम्भ गायव भएपछि दशगजा मेटिएको हो । मुख्य ३९ मध्ये ४ वटा, सहायक ९० मध्ये ६३ वटा सीमा स्तम्भ फेला परेका छैनन् ।

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages