राष्ट्रपति भण्डारी विश्वका १५ महिला राजनेताको सूचिमा - Greater Nepal
राष्ट्रपति भण्डारी विश्वका १५ महिला राजनेताको सूचिमा

राष्ट्रपति भण्डारी विश्वका १५ महिला राजनेताको सूचिमा

Share This
राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचिमा परेकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले महिला दिवसको अवसरमा सार्वजनिक गरेको ग्राफमा जर्मन चान्सलर एङ्गेला मार्केल, वेलायती प्रधानमन्त्री तेरेसा मे, नर्वेकी प्रधानमन्त्री इर्ना सेल्बर्गसँगै उनको नाम परेको हो।

विश्वभरि बुधबार महिला दिवस मनाइँदैछ। यो अवसर पारेर विभिन्न क्षेत्रका अग्रणि महिलाको सूचि सार्वजनिक भइरहेको सन्दर्भमा एएफपीले महिला राजनेताको नाम सार्वजनिक गरेको हो।एएफपीले बुधबार विश्वभरिका महिला सरकार तथा राज्य प्रमुखको ग्राफ सार्वजनिक गरेको हो।

एएफपीले महिला दिवसको अवसरमा सार्वजनिक गरेको ग्राफमा जर्मन चान्सलर एङ्गेला मार्केल, वेलायती प्रधानमन्त्री तेरेसा मेसँगै राष्ट्रपति भण्डारीको नाम समावेश गरेको छ।

 कोरियाली राष्ट्रपति पार्क ज्युन हाईविरुद्ध महाअभियोग प्रक्रिया सुरु भएकाले डिसेम्बर ९ देखि उनी जिम्मेवारीमा छैनन्। उनी पदमा बहाल रहेकी भए विश्वले १६ जना महिला राजनेता पाउने थियो।

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages