१९४७ को त्रिपक्षीय सन्धि - Greater Nepal
१९४७ को त्रिपक्षीय सन्धि

१९४७ को त्रिपक्षीय सन्धि

Share This
सन् १८१५ को सुगौली सन्धिपछि अङ्ग्रेजहरूले गार्खालीहरूलाई ब्रिटिश सेनामा सङ्लग्न गराईछाडे, यद्यपि यसमा नेपाल सरकारले औचारिक स्वीकृति दिएको थिएन । अमरसिंह थापा र अक्टरलोनीबिच सन्धि भएपछि अक्टरलोनीले ३ सय जवान युद्धबन्दी गोर्खाली सैनिकहरूलाई सम्मिलित गरी सन् १८१९ अप्रिल २४ तािरखका दिन एक पल्टन खडा गरे । 

१८८५ मा आएर राणा सरकारले यसलाई औपचारिकता स्वीकृती प्रदान ग¥यो । वि.सं. १९४२ साल भाद्र ८ गते जारी गरेको इस्तिहारमा त ब्रिटिश सेनामा भर्ती हुन गएमा त्यसरी भर्ती हुन जाने व्यक्तिसँग सरकार खुशी हुने कुरा उल्लेख भएको पाइन्छ । गोर्खाली सेनालाई ब्रिटिश–भारत र भारतले सदैव युद्धग्रस्त क्षेत्रमा अग्रपङ्क्तिमा राखेको देखिन्छ ।

१८२५–२६ तिर भारतको भरतपुर कब्जा गर्न यही फौज खटिएको थियो भने सन् १८५७ को सिपाही विद्रोह दबाउन जङ्गबहादुर आफैँले फौजको नेतृत्व गरेका थिए । पहिलो विश्वयुछमा दुई लाख गोर्खाली सेनाले भाग लिएका थिए भने दोस्रो विश्वयुछका बेला ब्रिटिश सेनाअन्तर्गत ४५ गोर्खा बाहिनी खडा गरिएको थियो । दुई महायुद्धमा वीरगति प्राप्त गर्ने गोर्खाली सैनिकहरूको संख्या करिब ४५ हजार रहेको प्रमाणित भएको छ । 

अङ्ग्रेज सरकारले नेपाललाई गोर्खा भर्तीबापत प्रतिवर्ष भा.रु. १० लाख उपलब्ध गराउन थाल्यो । यसरी ब्रिटेनले नेपाललाई धन उपलब्ध गराउन थालेपछि राणा सरकारले पनि अङ्ग्रेजलाई जन उपलब्ध गराउन कुनै कसर बाँकी राखेन । गोर्खा सैन्यको बाँडफाँडका सम्बन्धमा ६ नोभेम्बर १९४७ मा एक सम्झौता गरे तर उक्त सम्झौताको कार्यान्वयन नेपालको स्वीकृतिबिना हुन नसक्ने भएको हुँदा ७ नोभेम्बरमा नेपाल, बेलायत र भारत यी तीनै सरकारका बीच एक त्रिपक्षीय सन्धि सम्पन्न भयो । तर यो सन्धि पनि आजसम्म गोप्य नै छ । विभिन्न पुस्तक र विद्वानहरूका फुटकर लेखका आधारमा हिरण्यलाल श्रेष्ठले यस विषयमा प्रकाश पार्नुभएको छ । 

त्यसका आधारमा हेर्दा उक्त त्रिपक्षीसन्धिका मूल बुँदाहरू यसप्रकार छन्ः–
१. ब्रिटिश भारतीय सेनामा रहेका १० वटा राइफल्समध्ये दोस्रो, छैठौँ, सातौँ, दशौँ गोर्खा राइफल्स ब्रिटिश सेनाअन्तर्गत लगिने र बाँकी भारतको सेनामा राखिने भयो ।
२. ब्रिटेनको लागि पनि गोर्खा भर्ती भारतीय भूमिमा गर्ने सुविधा दिइयो तर १९५२ देखि यो सुविधा भारतले दिएन । हाल धरान र पोखरामा गोर्खा भर्ती केन्द्रहरू सञ्चालित छन् । तर भारतले नेपालबाट रिक्रुटहरू लैजान पारवहन सुविधा दिन भने मञ्जुर ग¥यो ।
३. सन्धिअनुसार बेलायतले १० हजार जवानसम्म राख्न पाउने भनिए पनि यो सङ्ख्या थपघट गर्न सकिने प्रावधान छ । भारतले भारतभित्रका नेपाली मूलका नागरिक र नेपाली नागरिकलाई सम्मिलित गरी गोर्खा सैन्य बढाउँदै लगेको छ ।
४. वार्षिक रुपमा १ हजार नयाँ भर्ती गर्न ब्रिटेनले पाउने भनिएको छ र आपसी सल्लाहबाट यो संख्यामा पनि थपघट गर्न सकिनेछ ।
५. गोर्खाली सेना हिन्दू, निःशस्त्र जनता रनेपालविरुद्ध प्रयोग गर्न पाइनेछैन ।
६. नेपालले पाउँदै आएको भा.रु. १० लाख प्रतिवर्ष बुझाइने भनिएको छ । ब्रिटिश गोर्खालीको पेन्सन, तलब आदि विदेशी मुद्रामा हुनेछ ।
७. एक पक्षले अर्को पक्षको हित र सुरक्षा विरुद्ध कुनै गतिविधि गर्न नपाइने भनिएको छ ।
८. नेपाललाई चाहिने प्रतिरक्षा उत्पादन, सैनिक परिवहन र प्रशिक्षणका साथै अरु आवश्यकता पूर्ति गर्न सहायता गरिने भनिएको छ ।
९. सन्धिको म्याद २० वर्ष र पछि बढाउन सकिने भनिएको छ । यो सन्धि कुनै एक पक्षले १ वर्षको भाखा दिई अन्त्य गर्न सक्नेछ ।


यो सन्धिको मूल प्रति सार्वजनिक नभएसम्म यसैलाई सन्दर्भ सामग्री मान्नुपर्ने बाध्यलाई समाप्त गर्न कानुनी प्रावधान अपनाउनुभन्दा पहिले नै सरकारले यसलाई सार्वजनिक गर्न कुनै आपत्ति छ ?

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages