कैलालीमा एसएसबीको आतंकः बन्दुक देखाएर घर छाड्न धम्की - Greater Nepal
demo-image
ssb-nepali-jhadap

कैलालीमा एसएसबीको आतंकः बन्दुक देखाएर घर छाड्न धम्की

Share This
bs_c
२६ फागुन, कैलाली । कैलालीस्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले घरघरमा पसेर धम्याउन थालेको छ । सीमा क्षेत्रमा कल्भर्ट निर्माणको कारण देखाउँदै एसएसबीले हतियारसहित नेपाल भित्रिएर धम्याउन थालेको हो ।


हतियारसहित आएको एसएसबीको समूहले बुधबार राति आनन्दबजारका सर्वसाधारणलाई गालीगलौज गर्दै घर छाड्न धम्की दिएको स्थानीय बताएका छन् । एसएसबीले नेपाल प्रहरीकै सामुन्ने नेपाली पत्रकार हेमन्त न्यौपानेलाई फोटो खिचेको आरोपमा घाँटी समाएर फोटो डिलिट गर्न लगाएको छ ।

कल्भर्ट निर्माण उपभोक्ता समितिका सचिव चन्द्रमणी गैरेलाई अपशब्द प्रयोग गर्दै भारती भूमिामा भेटे कुट्ने धम्कीसमेत दिएको गैरे बताउछन् ।
कैलालीमा एसएसबीको आतंकः बन्दुक देखाएर घर छाड्न धम्की, पत्रकारको घाँटी समाएर फोटो डिलिट गर्न लगाइयो
नेपाली बजरमा आएर हतियार उठाउँदा समेत नेपाली प्रशासन मौन रहेको भन्दै स्थानीयले आक्रोशित बनेका छन् । बुधबार राति भारतीय एसएसबीले नेपाली सर्वसाधारणमाथि लाठीचार्ज समेत गरेको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोशन चन्द यसबारे सशस्त्र प्रहरीले जिम्मा लिनुपर्ने भन्दै पन्छिए ।

करिब एक घण्टापछि घटनास्थल पुगेका सशस्त्र प्रहरीका निरीक्षक रामबहादुर खत्रीले समस्या जटिल भएकाले जिल्लाबाट नै सामाधान खोजिनुपर्ने बताए ।
स्रोत:- अनलाईन खबर
Comment Using!!

No comments:

Post a Comment

Pages