![]() |
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पत्नी हिसिला यमीको देशबिरोधी अभिव्यक्ति विरुध्द ट्विटरमा विरोध सुरु भएको छ । ‘यो देशलाई खारेज गर’ भन्दै गरेको नाराबाजी बिरुद्ध ट्विटरमा अभियान सुरु भएको हो । पत्रकार, राजनीतिज्ञ र स्वतन्त्र ट्विटर प्रयोगकर्ताले ह्यासट्यागमा #ArrestHisilaYami लेख्दै यमीलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउन माग गर्दै बिरोध जनाईरहेका छन् ।
‘यो देशलाई खारेज गर’ भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस् !! भन्दै बिरोधमा ट्रेन्ड बन्ने क्रम सुरु भएको छ । ट्रेन्डको सुरुवात कांग्रेस सांसद धनराज गुरुङ, सुनसरी कांग्रेसकी नेतृ मनिता घिमिरे, एमालेकी पूर्व सांसद शान्ता चौधरी, हालै नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गरेका देव लिम्बू, पत्रकार राजकुमार रेग्मी र राष्ट्रिय भूमि अघिकार मञ्चकी महासचिव सरस्वती सुब्बाले सुरु गरेका थिए I
No comments:
Post a Comment