भारतले दशगजामा सडक निर्माण गर्दै - Greater Nepal
भारतले दशगजामा सडक निर्माण गर्दै

भारतले दशगजामा सडक निर्माण गर्दै

Share This
चैत्र २२, २०७३, भारतले दशगजामा सडक निर्माणको कामलाई तीव्रता दिएको छ । सीमावर्ती भारतीय जिल्ला पिलिभितदेखि महराजगन्जसम्म सडक निर्माण सुरु गरेको हो । अवैध कारोबार र आतंकवाद रोक्न सहयोग पुग्ने भन्दै भारत सरकारले सडक निर्माण गर्न लागेको जनाएको छ । 

नेपाल र भारत सिमानामा आतंकवाद, आईएसआई गतिविधि, जाली नोटलगायत तस्करी रोक्न ०५७ सालबाट सीमा सुरक्षा बल (एसएसबी) तैनाथ गरेको थियो ।


सडक निर्माणअन्तर्गत पिलिभितमा ३७, लखिमखिरीमा १ सय २४, बहराइचमा १ सय १८, श्रावास्तीमा ६४, बलरामपुरमा ८४, सिद्धार्थनगरमा ७५ र महारागन्जमा ६७ किमि सडक निर्माण गर्न लागेको हो । सडकमा २७ वटा ठूला पुल निर्माण हुने लोक निर्माण विभागले जनाएको छ । यसैगरी २ सय ५९ साना पुल निर्माण गरिनेछ । यसका लागि भारत सरकारले २१ सय करोड लगानी गर्ने भएको छ ।

सडक निर्माणका लागि भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षमा रहेका रूख काट्न टाँचा लगाइसकेको छ । दशगजा नजिक केही स्थानमा रहेका साना बुट्यान कटान गर्ने स्थानीय प्रशासनले जनाएको छ । भारत सरकारले यसलाई सीमान्त रोड नामकरण गरेको छ । सडक २५ मिटर चौडा र ३ मिटर अग्लो हुने लोक निर्माण विभाग बहराइचका इन्जिनियर आरएन शुक्लाले बताए ।

सडक ३ मिटर अग्लो निर्माण गरिए नेपालका सीमावर्ती क्षेत्र डुबानको उच्च जोखिममा हुने स्थानीय बताउँछन् । सीमावर्ती क्षेत्रमा निर्माण गर्न लागेको सडकले त्यस वरिपरिका गाउँ डुबानमा पर्ने मथुराहरिद्वारका जगदीश लोधले बताए । प्रजिअ विष्णुबहादुर थापाले भारतीय अधिकारीबाट चाँडै सीमावर्ती क्षेत्रमा सडक निर्माण हुने जानकारी पाएको बताए । प्रजिअ थापाले सडक निर्माणबाट नेपाली भूमि डुबानबारे अध्ययन गरी आवश्यक पहल गर्न पराराष्ट्र मन्त्रालयमा पत्राचार गरिने जनाए । 
स्रोत:- कान्तिपुर पोष्ट

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages