भारतले ‘दोक्लाम’ बाट सेना हटायो, नेपालभूमि कालापानीमा किन राख्यो ? - Greater Nepal
भारतले ‘दोक्लाम’ बाट सेना हटायो, नेपालभूमि कालापानीमा किन राख्यो ?

भारतले ‘दोक्लाम’ बाट सेना हटायो, नेपालभूमि कालापानीमा किन राख्यो ?

Share This
राजधानीमा बुधबार भएको एक अन्तरक्रिया कार्यक्रममा चिनियां सार्वभौमसत्तालाई मान्ने भारतले नेपालको कालापानीबाट तत्काल भारतीय सेना हटाएर असल छिमेकीको चरित्र प्रस्तुत गर्न वक्ताहरुले माग गरेका छन् । कार्यक्रममा अधिकांश वक्ताहरुले कुनै पनि मुलुकको ‘राष्ट्रियता, सार्वभौमता र अखण्डता’ सानो वा ठूलो मुलुक अनुसार फरक नहुने धारणा राखेका थिए । उनीहरुले सानो वा ठूलो मुलुक जे भएपनि आफ्नो देशको माया सवैलाई हुने भन्दै एक अर्काको सार्वभौमसत्तालाई सम्मान गरिनुपर्ने बताए । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आयोजना गरेको ‘दोक्लाम प्रकरणपछि गोर्खा भर्तिलाई निरन्तरता दिने कि नदिने’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले दोक्लामबाट भारतले सेना हटाएको छ । अब भारतले नेपालभूमि कालापानीमा अनाधिकृत रुपमा राखेको भारतीय सेना तत्काल फिर्ता गरिनुपर्ने माग राखेका छन् । साथै उनले दोक्लाम प्रकरणबाट सजक हुंदै नेपालले गोर्खा सैनिक भर्ति तत्काल बन्द गर्नुपर्ने बताए ।

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले विगत लामो समयदेखि भारतले नेपाली गोर्खा सैनिकहरुलाई छिमेकी राष्ट्रहरुविरुद्ध प्रयोग गर्दै आएको किटानी गरे । उनले भने,‘यसपटक भारतले गोर्खा सैनिकलाई दोक्लाम विवादमा असल छिमेकी चीन विरुद्ध प्रयोग गर्ने कोशिस गर्यो । नेपालीका लागि अब यो सैह्य हुन्न, गोर्खा भर्ति तत्काल बन्द गर्नुपर्छ ।’ उनले थप प्रष्ट पार्दै भने,‘हाम्रा मित्र राष्ट्रविरुद्ध भारत र बेलायतले गोर्खा सैनिक प्रयोग गरेर सारा नेपालीलाई मित्रघाती बनाइरहेका छन् । अब त्यसको अन्त्य हुनुपर्छ ।’


सञ्चारकर्मीको जिज्ञाशामा उनले जसरी नेपालले दुवै छिमेकी मुलुकको सार्वभौमतालाई सम्मान गरिरहेका छ, ठिक त्यस्तै सम्मान छिमेकीबाट पनि चाहेको बताए । उनले भने,‘चिनियां सार्वभौमतालाई भारतले सम्मान गर्दै दोक्लामबाट आफ्नो सेना हटाएको छ, त्यो स्वागत योग्य छ । त्यहि व्यवहार अब भारतले नेपालमाथि पनि गर्नुपर्छ, यदि भारत नेपालको असल छिमेकी हो भने नेपालीभूमि कालापानीबाट भारतीय सेना फिर्ता र लिपुलेकमा निर्माणाधिन पदमार्ग तत्काल बन्द गर्नुपर्छ ।’ कार्यक्रममा बोल्दै माओवादी नेता देव गुरुङले गोर्खा भर्ति केन्द्र कलंक भएकाले खारेजीको माग गरे । उनले भने,‘चिनियां आर्थिक सम्वृद्धि र प्रगतिलाई देख्न नसकी भारत र अमेरिकाले चीनलाई घेराबन्दीमा पार्न खोजेका हुन् ।’ नेकपा माओवादीका नेता धर्मेन्द्र बास्तोलाले भारतले गोर्खाहरुलाई छिमेकी विरुद्ध दुरुपयोग गरिरहेको आरोप लगाए । भारतले गोर्खा सैनिकलाई चीन विरुद्ध प्रयोग गर्ने दुस्साहस गरेको घटनाबाट पाठ सिक्दै तत्काल गोर्खा भर्ति बन्द गर्नुपर्ने बताए । उनले ग्रेटर नेपालको गोर्खा भर्ति खारेजी अभियानमा पार्टीको पूर्णसाथ र सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै नेपाल चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पौडेलले गोर्खा भर्ति लज्जाजनक र अपमानजनक भएको बताए । उनले भने,‘चीन र नेपालको सम्वन्ध अतुलनीय र सुमधुर छ । भारतले चीनविरुद्ध गोर्खा सैनिक प्रयोग गरेर सम्वन्ध विगार्ने दुस्साहस गरेको छ ।’ त्रिविका प्राध्यापक डा.नन्दबहादुर सिंह र नेकपा क्रान्तिकारी माओवादीको नेता हस्तबहादुर केसीले समेत गोर्खा भर्तिको चर्को आलोचना गर्दै खारेजीको माग गरे । कार्यक्रममा विभिन्न मुलुकका सञ्चारकर्मीहरु र चिनियां सरकारको मुखपत्र ग्लोबल टाइम्सका संवाददाता फान लिङग्चको समेत उपस्थिति थियो ।

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages