कुनै बेला बेलायतलाई रु ५७ करोड ६० लाख दिएर सहयोग गर्ने नेपाल अहिले कसरी माग्ने भयो - Greater Nepal
कुनै बेला बेलायतलाई रु ५७ करोड ६० लाख दिएर सहयोग गर्ने नेपाल अहिले कसरी माग्ने भयो

कुनै बेला बेलायतलाई रु ५७ करोड ६० लाख दिएर सहयोग गर्ने नेपाल अहिले कसरी माग्ने भयो

Share This
नेपाल सरकारका तर्फबाट चन्द्र समशेरले बेलायतलाई ३६ हजार पाउण्ड अर्थात ५७ करोड ६० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका थिए । अहिले नेपालले बेलायतसँग हात थापिरहेको छ, किन ? सन् १८१४, अक्टोबर २० को दिन एउटा डरलाग्दो इतिहासको जन्म भयो । नेपालविरुद्व इष्ट इण्डिया कम्पनीले युद्व घोषणा गरेको दिन हो त्यो ।

पश्चिमी मोर्चाहरुमा झण्डै २ वर्षसम्म घमासान युद्व भयो । त्यसपश्चात २ डिसेम्बर १८१५ मा नेपाल र इष्ट इण्डिया कम्पनीवीच एउटा सन्धि भयो । सो सन्धिमा हस्ताक्षर गरिएको मितिको सन्र्दभमा इतिहासकारहरुका वीचमा एकमत नदेखिएता पनि त्यही सन्धिलाई सुगौली सन्धिको नामले चिनिन्छ । सन्धि पश्चात आदिवासी नेपालीहरु बेलायती सेनामा भर्ती भई बेलायतको साम्राज्य विस्तार गर्दै आइरहेको अहिले २ सय वर्ष भइसकेको छ ।

राणाहरुले नेपालका गाउँहरुमा हुकुमी उर्दी लगाएपछि तालुकदार र मुखियाहरु मार्फत कटुवाल घोकाउँदै गल्लावालको साथमा भर्ती पठाउँथे । विशेष गरेर आदिवासी जनजातिका लक्का जवान छोराहरु बाध्य भई गल्लावालसँग भर्ती हुन जान्थे । पहिलो विश्वयुद्वको समयमा नेपालको जनसंख्या जम्मा ५६ लाख थियो । २ लाखभन्दा धेरै गोर्खाली नेपालीहरु बेलायती सेनामा कार्यरत थिए भने ५५ हजारभन्दा धेरै गोरखाली सेनाहरु युद्वभूमिमा परिचालित थिए ।
loading...


त्योबेला नेपालमा युवाहरुको जनसंख्या ९ लाख थियो । २ लाख आदिवासी युवाहरु युद्धमा परिचालित भएका थिए । २ सय वर्षदेखि अहिलेसम्म बेलायत र एकात्मक राज्य नेपालले आदिवासीको दोहोलो काढ्नसम्म काढे । यसरी उनीहरुको पहिचान गुमनाम हुँदै गयो । अहिले भिखारीजस्तो पहिचान खोज्नुको पीडा थाम्नु परेको छ । बेचिएका, हेपिएका लाहुरेहरुले अर्को देशका लागि युद्व लडे र पनि आफ्नो देशलाई गोरखा ब्राण्डले चिनाए ।

पुरुषोत्तम समशेर जबरा (श्री ३ वीर समशेरका पनाति) द्वारा लिखित ऐतिहासिक पुस्तक “श्री ३ हरुको तथ्य बृतान्त भाग २” मा उल्लेख गरेअनुसार पहिलो विश्वयुद्वको शुरुवातसँगै नेपाल सरकारले, सन् १९१४ सेप्टेम्बरमा गोर्खालीलाई लडाइमा मेसिनगन खरिदका लागि २० हजार पाउण्ड नगद, लत्ता कपडा र खाद्यान्न लगायतका जिन्सीहरु बेलायतलाई सहयोग गरेको उल्लेख गरेका छन् । १७ हजार पाउण्ड चन्द्र समशेरले बेलायतलाई सहयोग गरेको देखिन्छ । सन् १९१४ मा १ पाउण्डको मूल्य ९७ पाउण्ड वर्तमानमा देखिन्छ । नेपाल सरकारका तर्फबाट चन्द्र समशेरले ३६ हजार पाउण्ड अर्थात ५७ करोड ६० लाख बराबर आर्थिक सहयोग गरेको बुझिन्छ ।

एक सय वर्ष अगाडि बेलायतलाई आर्थिकलगायत अन्य समानहरु सहयोग गर्न सक्षम नेपाल, अहिले बेलायतसँग खाली हात थापिरहेको छ । यो कसको कारणले हो ? किन यति निरीह भयो नेपाल ? यसको जिम्मा कसले लिने ? यति लामो अवधिदेखि नेपाल राज्य चलाइरहेकाले यसको उत्तर दिने कि नदिने ?

राणा कालमा बनिएका सिंहदरबार, चीनले बनाएको संविधानसभा भवनमा उनीहरु सिंगौरी हान्दै डुक्रिइरहेका छन् । सन १९४७ नोभेम्बर ७ तारिख कालो सन्धि भयो बेलायत र इण्डियावीच । त्यही सन्धिले गोर्खालीहरुलाई कुल्चिरहे २००६ सम्म । त्यसको दुई दिनपछि सन् १९४७ साल ९ नोभेम्बरको दिन भयो त्रिपक्षीय सन्धि । र, लगभग २५ हजार गोर्खालीलाई अझै थिचिरहेका छन् । भनियो, बेलायती सेना सोसरह गोर्खालीलाई समान तलब, भत्ता, सुबिधा र पेन्सन दिइनेछ । कार्यान्वयन गरेन बेलायतले र खोजेनन् नेपालले आदिवासी लाहुरेहरुको पीडा । शुरु भयो गोर्खा आन्दोलन ।

दोस्रो विश्वयुद्वमा नेपालको जनसंख्या ६० लाखको हाराहारीमा थियो । २ लाख ५० हजारभन्दा धेरै गोर्खालीहरु बेलायती सेनामा कार्यरत थिए । गोर्खालीहरु अर्थात आदिवासी जनजातिका हजारौं हजार युवापुस्ताले बेलायतको साम्राज्य विस्तार गर्ने क्रममा आफ्नो ज्यान सर्मपण गरे । पहिलो विश्वयुद्व, दोस्रो विश्वयुद्व र ब्रुनाई युद्वमा मात्रै ४७ हजारभन्दा धेरैले ज्यान गुमाएको बेलायतसँग तथ्यांक छ । तर, गोर्खालीका लागि मिथ्यांक नै हो यो ।
loading...


दुई सय वर्ष लामो इतिहास निर्माण गरेका छन् बेलायती सेनामा लाहुरेले । सन् १८१५ हिजो बर्तमान थियो, आज इतिहास भइसकेकोछ । त्यो वर्तमान र इतिहासले गोर्खालीहरुलाई यहाँँसम्म डोर्‍यााउँदै ल्याइपुयायो । बाबु बाजेले दिएको बलिदान, रगत, पसीना र दुःखले खनेको बाटोबाट हिँड्दै गोर्खालीहरु यहाँसम्म आए । तर, आफैले खनेका बाटाहरुमा हिँड्न पाएनन्, ती अभागी वीर योद्धाहरुले ।

पहिलो विश्वयुद्द लडेका पूर्खाहरुले वीरगतिसंगै आफ्ना जीवनका सुख र दुःखहरु सबै लगेर गइसके । जिवित छैनन् कोही पनि यो धर्तीमा । बाँकी छन् उनीहरुका हाडखोरहरु । त्यो पनि एउटा अपुरो कथाजस्तो भइसक्यो ।

गाउँका पाखा बेंसीहरुमा घाइते अनुहारहरु असरल्ल रहे । आफ्नो घाउ उपचार गराउन पाएनन् र सकेनन् घाइतेहरुले । गोली लागेको घाउको दुर्गन्ध सुँघ्दै बाँच्न विवश भए, ओखलढुङगाका इन्द्रबहादुर राई । लडाइँबाट नफर्किएको आफ्नो श्रीमान बाबुराजा लिम्बूलाई जीवनको उतरार्द्वसम्म पर्खिरहिन् पाँचथर आङ्नाकी शान्तमाया लिम्बूले । यी यस्ता कथाहरु लेख्न कत्ति सजिलो छ हगि ? उनीहरुका वास्तविक भोगाइ र अलिखित इतिहासहरु, शक्तिमा रुपातरित अदृश्य ध्वनी भई सल्बलाइरहेको हुनुपर्छ । लाहुरे इतिहास यस अर्थमा एउटा खोजमूलक दर्दनाक पाटो भई उभिएको छ ।

सन २०१४ सेप्टेम्बर २३ देखि दुई सय बर्षको सेलिब्रेसन मनाइरहेको छ बेलायत र नेपाल सरकारले । बिभिन्न प्रकारका कार्यतालिकाहरु सार्वजानिक गरिसकिएको छ । अपि्रल महिना सन् २०१६ का दिन सुगौली सन्धिका नाममा अन्तिम समय तालिका तोकिएको छ । के कस्ता सम्झौता गर्ने हुन् नेपाल सरकारले गोर्खालीको नाममा त्यस दिन ? या त उही ऐ ऐ मा हस्ताक्षर गर्लान् ? नभन्न सकिन्न ।

किनभने आदिवासीहरु बेलायत र नेपालमा पहिचानविहीन भएका छन् । पहिचानविहीन अवस्थामा पुर्‍याउनेहरु समानताको नारा साथमा बोकी नेपाल राज्यलाई कागती निचोरेझैं निचोरिरहेका छन् । बेलायतमा स्वार्गबास हुन गइरहेका गोर्खालीहरुलाई दाहसंस्कार गर्न डोनेसन संकलन गर्नु परेको छ भने नेपालबाट भिसा शुल्क तिर्न र हवाई टिकटको आर्थिक व्यवस्था मिलाउन नसकेर हजारौंको संख्यामा बेलायत आउन सकेका छैनन् भूपू बृद्ध लाहुरेहरु । उनीहरु बेसाहारा भई बाँचेका छन् । हजाराैं को संख्यामा अंगभंग भए । युद्वमा हराएका गोर्खाली नेपालीहरु बर्मा, इटाली, फिजी, बेल्जियम, इण्डियाजस्ता देशहरुमा विस्थापित हुन पुगे । त्यही डरलाग्दो इतिहास निर्माण गर्ने क्रममा विश्वको सर्वोच्च पदक भिक्टोरिया क्रस १३ जना गोर्खाली नेपालीहरुले पाउन सफल भए । तिनै योद्वा वीर गोर्खाली भिसीहरुका बहादुरी र वीरताले नेपाल राष्ट्रलाई विश्वमा चिनाउन सफल भए । आदिबासी लाहुरे र भिसीहरुको कहिल्यै नमर्ने एउटा इतिहासको वास्तविक साक्षी हो यो ….. । गोर्खालीको देश, चोमोलुङ्गमा उर्फ सगरमाथा उभिएको देश । र, बुद्धको देशले मात्र नेपालको पहिचान स्वीकार हुन्छ ।

तर, नेपालको पहिचान स्थापित गराइरहेका नामहरु पहिचानविहीन र गुमनाम भएका छन् । गोर्खालीको रगत, पसीनामा बनाएको केक काटेर नेपाल सरकार र बेला

यतले दुई सयौं बर्षको शतवाषिर्की मनाइरहेको छ । डरलाग्दो दुःखभित्र हाँसिरहेका छन् उनीहरु ।
साभार ”२०७१ चैत १२ गते अनलाइनखबरमा प्रकाशित लेख”

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages