पूर्वाञ्चल बार्सा फ्यान क्लब गठन - Greater Nepal
 पूर्वाञ्चल बार्सा फ्यान क्लब गठन

पूर्वाञ्चल बार्सा फ्यान क्लब गठन

Share This
राष्ट्रिय टोलीका पूर्व खेलाडी सुरेन्द्र तामाङको प्रमुख अतिथि रहेको पूर्वाञ्चल बार्सिलोना फ्यान क्लबको भेलाले शनिबार सञ्जिव शाख्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

सय भन्दा बढी समर्थकहरुको भेलाले विप्लब दहाललाई उपाध्यक्ष अभिषेक शर्मालाई सचिव, नवराज खड्कालाई सह सचिव र कौशिला खड्कालाई कोषाध्यक्षमा चयन गरेको छ । समितिका सदस्यमा मनीष कोइराला, पुजा अधिकारी, रविन गुरुङ, रुद्र थापा र सुरक्षा पराजुली छन् । समितिको सल्लाहकारमा सुरेन्द्र तामाङ रहेका छन् ।

बार्सा नेपालका सदस्य सीताराम दहाल र विजय अधिकारीले पूर्वाञ्चलका समर्थकलाई ब्याच वितरण गरेका थिए । सो अवसरमा बार्सिलोनाका स्टारत्रय लियोनल मेस्सी, नेयमार र लुइस स्वारेजको हस्ताक्षरित जर्सी प्रदर्शन गरिएको थियो ।

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages