ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज चिनियाँ रक्षामन्त्रीलाई एक विशेष ज्ञापनपत्र बुझाएको छ ।
उक्त ज्ञापन पत्रमा भनिएको छ – नेपाल र चीनबीच रहँदै आएको घनिष्ठ सम्बन्ध र यी दुई देशभित्र अस्थिरता फैलाई यसबाट फाइदा उठाउन विदेशीहरूबाट भइरहेको र आगामी दिनमा हुन सक्ने षड्यन्त्रबारे चीन सरकार सर्तक रहनु पर्नेछ भनिएको छ ।
ज्ञपन पत्रको अनुसार – नेपाल र चीनबीच रहँदै आएको घनिष्ठ सम्बन्ध बिथोल्न अवाञ्छित तत्वलाई पश्चिमा मुलुकहरू र भारतले आर्थिक र नैतिक सहयोग गर्नुका साथै रणनीतिक निर्देशन दिँदै आएका कारण नेपालमा चीनविरोधी गतिविधि हुँदै आएको देखिएको छ ।
नेपाल र भारतबीचको खुला सिमानाको दुरूपयोग गर्दै नेपालमा भारतीयहरूले चीनविरोधी गतिविधि बढाएका छन् भने पश्चिमाहरूले तिब्बती शरणार्थीलाई ठूलो आर्थिक सहयोग गरी चीन विरोधी क्रियाकलाप गर्न उक्साएका छन् । नेपालको हिमालय श्रृंखलाका समुदायलाई पनि आर्थिक प्रलोभनमा पारी चीनविरोधी गतिविधिमा संलग्न गराइएको कुरा एउटा तथ्य नै बनिसकेको छ ।
पश्चिमा र भारतीयहरूले तिब्बतको स्वतन्त्रतालाई चीनविरोधी गतिविधिको मुख्य विषय बनाएका छन् । नेपालको भूमि प्रयोग गरी स्वतन्त्र तिब्बत अभियान चलाइएको छ । यस किसिमका गतिविधि गर्नबाट रोक्न नेपाल सरकारले प्रयासै गरेको छैन भन्न त मिल्दैन तर नेपाल सरकार पनि पश्चिमा मुलुक र भारतको प्रभावमा रहने हुँदा चीनविरोधी गतिविधिमाथि अपेक्षित नियन्त्रण हुन सकेको छैन ।
चीनबाट तिब्बतलाई टुक्र्याउन खोज्नुका पछाडि चीनलाई राजनीतिक रूपमा अस्थिर र आर्थिक रूपमा कमजोर पारी उसलाई विश्वको महाशक्ति हुनबाट रोक्नु हो । यदि दुर्भाग्यवश तिब्बत एकीकरणको मुद्दामा चीनले निरन्तर सफलता कायम राख्न सकेन भने पश्चिमी जगत् र भारतको सपना पूरा हुनेछ र यस्तो भएको स्थितिमा चीन र नेपालले सधैँ रक्षात्मक स्थितिमा रहन वाध्य हुनुपर्नेछ ।
भारतले नेपालबाट तराई टुक्र्याउने योजनाअनुसार त्यहाँ पृथक्तावादी संगठनहरूलाई नैतिक र भौतिक सहयोग गर्दै आइरहेको छ ।
नेपालको तराईमा आतङ्क मच्चाइरहेका हतियारधारी अनेक संगठनलाई भारतले सैनिक प्रशिक्षण दिएको खुलासा भैसकेको छ र नेपालका पहाड र हिमालमा पनि अनेक जातीय संगठन बनाई संघीय गणतन्त्रका नाममा नेपाललाई विखण्डित गर्ने पश्चिमाहरू र भारतीय प्रयास निरन्तर जारी छ ।
ज्ञापनपत्रको अन्तिममा भनिएको छ – “नेपाललाई कुनै विदेशी राष्ट्रले हमला गरेमा चीनले नेपाललाई सहयोग गर्न कुनै कसर बाँकी राख्ने छैन ।”
महामहिम माननीय रक्षामन्त्रीज्यू
जनवादी गणतन्त्र चीन
मार्फत्
महामहिम राजदूतज्यू,
जनवादी गणतन्त्र चीनको राजदूतावास
बालुवाटार, काठमाडौं
महामहिम रक्षामन्त्रीज्यू
––––––––––––––
(फणीन्द्र नेपाल)
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्र्चा
जनवादी गणतन्त्र चीन
मार्फत्
महामहिम राजदूतज्यू,
जनवादी गणतन्त्र चीनको राजदूतावास
बालुवाटार, काठमाडौं
महामहिम रक्षामन्त्रीज्यू
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालमा तपाईंको हार्दिक स्वागत गर्दछ । नेपाल र चीनबीच रहँदै आएको घनिष्ठसम्बन्ध र यी दुई देशभित्र अस्थिरता फैलाई यसबाट फाइदा उठाउन विदेशीहरूबाट भइरहेको र आगामी दिनमा हुनसक्ने षड्यन्त्रबारे चीन सरकारको ध्यानाकर्षण गर्दैै यसबाट बच्न अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा अवगतगराउन पाउँदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा खुसी प्रकट गर्दछ ।
१) नेपाल र चीनबीच रहँदै आएको घनिष्ठ सम्बन्ध बिथोल्न अवाञ्छित तत्वलाई पश्चिमा मुलुकहरू र भारतलेआर्थिक र नैतिक सहयोग गर्नुका साथै रणनीतिक निर्देन पनि दिँदै आएका कारण नेपालमा चीनविरोधी गतिविधिहुँदै आएको देखिएको छ । नेपाल र भारतबीचको खुला सिमानाको दुरूपयोग गर्दै नेपालमा भारतीयहरूले चीनविरोधीगतिविधि बढाएका छन् भने पश्चिमाहरूले तिब्बती शरणार्थीलाई ठूलो आर्थिक सहयोग गरी चीन विरोधीक्रियाकलाप गर्न उक्साएका छन् । नेपालको हिमालय श्रृंखलाका समुदायलाई पनि आर्थिक प्रलोभनमा पारीचीनविरोधी गतिविधिमा संलग्न गराइएको कुरा एउटा तथ्य नै बनिसकेको छ ।
२) पश्चिमा र भारतीयहरूले तिब्बतको स्वतन्त्रतालाई चीनविरोधी गतिविधिको मुख्य विषय बनाएका छन् ।नेपालको भूमि प्रयोग गरी स्वतन्त्र तिब्बत अभियान चलाइएको छ । यस किसिमका गतिविधि गर्नबाट रोक्ननेपाल सरकारले प्रयासै गरेको छैन भन्न त मिल्दैन तर नेपाल सरकार पनि पश्चिमा मुलुक र भारतको प्रभावमारहने हुँदा चीनविरोधी गतिविधिमाथि अपेक्षित नियन्त्रण हुन सकेको छैन ।
३) चीनबाट तिब्बतलाई टुक्र्याउन खोज्नुका पछाडि चीनलाई राजनीतिक रूपमा अस्थिर र आर्थिक रूपमा कमजोरपारी उसलाई विश्वको महाशक्ति हुनबाट रोक्नु हो । यदि दुर्भाग्यवश तिब्बत एकीकरणको मुद्दामा चीनले निरन्तरसफलता कायम राख्न सकेन भने पश्चिमी जगत् र भारतको सपना पूरा हुनेछ र यस्तो भएको स्थितिमा चीन रनेपालले सधैँ रक्षात्मक स्थितिमा रहन वाध्य हुनुपर्नेछ ।
४. भारतले नेपालबाट तराई टुक्र्याउने योजनाअनुसार त्यहाँ पृथक्तावादी संगठनहरूलाई नैतिक र भौतिक सहयोगगर्दै आइरहेको
छ । नेपालको तराईमा आतङ्क मच्चाइरहेका हतियारधारी अनेक संगठनलाई भारतले सैनिक प्रशिक्षण दिएकोखुलासा भैसकेको छ र नेपालका पहाड र हिमालमा पनि अनेक जातीय संगठन बनाई संघीय गणतन्त्रका नाममानेपाललाई विखण्डित गर्ने पश्चिमाहरू र भारतीय प्रयास निरन्तर जारी छ ।
यस सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा सन् १७९२ मा नेपाल र चीनबीच भएको सन्धिको धारा ५ मा उल्लिखितविषयतिर तपाईंको ध्यानाकर्षण गर्न चाहन्छ । यसमा भनिएको छ, “नेपाललाई कुनै विदेशी राष्ट्रले हमला गरेमाचीनले नेपाललाई सहयोग गर्न कुनै कसर बाँकी राख्नेछैन ।”
५. यी सबै विषयमा चीनको विशेष ध्यान पुग्नु आवश्यक छ । खास गरी दुवै मुलुकको राष्ट्रिय अखण्डता रसार्वभौमसत्ताको रक्षाका निम्ति दुवै मुलुक उत्तिकै संवेदनशील र सक्रिय हुनु आवश्यक छ भन्ने कुरालाई दुवैमुलुकले स्वीकार गर्नुपर्छ ।
मितिः २०७३ चैत्र ११––––––––––––––
(फणीन्द्र नेपाल)
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्र्चा
No comments:
Post a Comment