नेपालले पाकिस्तानलाई दियो १८१ रनको लक्ष्य साथै Live हेर्न पनि सक्नुहुन्छ - Greater Nepal
नेपालले पाकिस्तानलाई दियो १८१ रनको लक्ष्य साथै Live हेर्न पनि सक्नुहुन्छ

नेपालले पाकिस्तानलाई दियो १८१ रनको लक्ष्य साथै Live हेर्न पनि सक्नुहुन्छ

Share This
बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले पाकिस्तान यू-२३ टोलीसमक्ष १८१ रनको बिजय लक्ष्य पेश गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रनको योगफल तयार गर्‍यो ।


सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।

त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २२ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १६ रनको योगदान गरे ।

Live हेर्न लाई http://emergingteamsasiacup2017.sportsmechanics.in/matchcenter.html

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages